२८ सन्तानकी आमाको रहर

पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी बच्छीमाया कठेतको मातृत्व यात्रा ४७ वर्षको उमेरसम्म चल्यो। वर्षैपिच्छे गर्भवती हुने, सन्तान जन्माउने, हुर्काउने र घरधन्दामा जोतिने क्रममै उनका जीवनका अधिकांश वर्ष बिते। घाँस काट्न जाँदा होस् वा दाउरा बोकेर फर्कंदा, उनले सन्तान जन्माइन्। अस्पताल र स्वास्थ्यकर्मीको सहज पहुँच नभएको त्यो समयमा उनको जीवन मातृत्वको सुखभन्दा बढी सङ्घर्षको कथा बन्यो। इलाम नगरपालिका-५, बरबोटेकी ८४ वर्षीया बच्छीमाया र उनका ९४ वर्षीय पति धनप्रसाद कठेतले १४ छोरा र १४ छोरी गरी २८ सन्तान जन्माएका थिए। अहिले उनीहरू जीवनको उत्तरार्धमा छन्। उमेरसँगै शरीर कमजोर भएको छ, रोगले सताएको छ । तर बच्छीमायाको मनमा एउटा रहर अझै बाँकी छ-विदेशमा रहेका सन्तान बसेको देश हेर्ने। आफ्नै शरीरलाई विश्राम दिने, स्वास्थ्य जाँच गराउने वा परिवारको आकारबारे निर्णय गर्ने अवसरसमेत धेरै महिलासँग थिएन। “मलाई आफू मान्छे नै होइन, मेसिनजस्तो लाग्थ्यो,” विगत सम्झँदै बच्छीमाया भन्छिन्, “१५ वर्ष हुँदादेखि उमेर हुँदासम्म पेट खाली भएन । कसरी ती दिन बिते, अहिले सम्झँदा पनि कहाली लाग्छ।” २८ सन्तान जन्माएको प्रसङ्ग सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर बच्छीमायाको जीवनलाई सन्तानको सङ्ख्याले मात्रै बुझ्न सकिँदैन । उनको कथा त्यस्तो समयको चित्र हो, जहाँ महिलाको जीवन घरपरिवार, गर्भधारण, सुत्केरी अवस्था र सन्तानको हेरचाहमै सीमित हुन्थ्यो। आफ्नै शरीरलाई विश्राम दिने, स्वास्थ्य जाँच गराउने वा परिवारको आकारबारे निर्णय गर्ने अवसरसमेत धेरै महिलासँग थिएन। घाँस-दाउरा गर्दागर्दै सुत्केरी बच्छीमायाले सन्तान जन्माउँदा न अस्पतालको सुविधा थियो, न दक्ष स्वास्थ्यकर्मीको सहज उपलब्धता। गर्भावस्थामा नियमित जाँच गराउने र सुरक्षित प्रसूति सेवा लिने कुरा उनका लागि कल्पनाभन्दा बाहिर थियो । घरको काम र मेलापात गर्दागर्दै सुत्केरी हुनुपर्ने अवस्था थियो। “कोही घाँस काट्दाकाट्दै जन्मिए, कोही दाउरा बोकेर आउँदै गर्दा बाटोमै जन्मिए,” उनी विगत सम्झन्छिन्, “औषधि उपचारको त कुरै थिएन। आफूले जानेको भरमा सन्तान जन्माउने र हुर्काउने गरियो।” लगातार गर्भवती हुने र सुत्केरी अवस्थाबाट गुज्रिने शरीरले पर्याप्त आराम पाउने सम्भावना थिएन। सन्तान जन्मिएपछि आमाको जिम्मेवारी सकिँदैनथ्यो, बरु अर्को चरणको सङ्घर्ष सुरु हुन्थ्यो। बच्चालाई खुवाउने, नुहाइदिने, कपडा धुने, सुताउने र बिरामी हुँदा स्याहार्ने काम बच्छीमायाकै काँधमा थियो। त्यसमाथि घाँस-दाउरा, मेलापात र घरभित्रका अन्य काम पनि गर्नुपर्थ्यो। लगातार गर्भवती हुने र सुत्केरी अवस्थाबाट गुज्रिने शरीरले पर्याप्त आराम पाउने सम्भावना थिएन। बच्छीमायाका लागि मातृत्व जीवनको स्वाभाविक जिम्मेवारी थियो। तर त्यो जिम्मेवारीभित्र कति शारीरिक पीडा, मानसिक तनाव र थकान लुकेको थियो भन्ने कुरा उनको अनुभव सुन्दा मात्रै बुझ्न सकिन्छ। आधा सन्तान गुमाउँदाको पीडा २८ सन्तान जन्माएकी बच्छीमायाले सबैलाई हुर्काउन पाइनन्। उनका १४ सन्तान बाल्यकालमै विभिन्न रोगका कारण बिते। झाडापखाला, निमोनिया, दादुरा र अन्य सङ्क्रमणले बालबालिकाको ज्यान लिने गरेको उनी सम्झिन्छिन्। त्यतिबेला उपचारको सुविधा सीमित थियो। सामान्य रोगले पनि बालबालिकाको जीवन जोखिममा पार्न सक्थ्यो। सन्तान जन्माउनु र हुर्काउनु मात्रै कठिन थिएन, उनीहरूलाई गुमाउनुको पीडा पनि उत्तिकै गहिरो थियो। “कोही जन्मिनेबित्तिकै, कोही जन्मेको केही दिनपछि र कोही ठूलो भएपछि विभिन्न रोग लागेर बिते,” उनी भन्छिन्, “जन्म दिएका आधालाई बचाउन सकिएन।” सन्तान जन्माउनु र हुर्काउनु मात्रै कठिन थिएन, उनीहरूलाई गुमाउनुको पीडा पनि उत्तिकै गहिरो थियो। आमाका लागि प्रत्येक सन्तानसँग आशा र सपना जोडिएका हुन्छन्। तर बच्छीमायाले जन्माएका आधा सन्तानको जीवन बाल्यकालमै समाप्त भयो। बाँचेका सन्तानमध्ये एक छोरीको पनि केही समयअघि मृत्यु भयो। अहिले उनका सन्तान विभिन्न ठाउँमा छन्। कोही पाँचथरको रानीटारमा बस्छन्, कोही इलाम र झापामा छन् भने कोही विदेश पुगेका छन्। सन्तान आ-आफ्नो जीवनमा व्यस्त हुँदै जाँदा बच्छीमाया र धनप्रसाद भने बुढ्यौलीमा सन्तानका घरमा पालैपालो बसिरहेका छन्। बाल्यकालमै टुटेको आफ्नै संसार बच्छीमायाको सङ्घर्ष विवाहपछि मात्रै सुरु भएको होइन। उनी पाँच महिनाकी हुँदा बुबाको मृत्यु भयो। त्यसपछि आमाले अर्को विवाह गरिन् र उनी पनि आमासँगै नयाँ घरमा पुगिन् । ११ वर्षको उमेरमा उनको विवाह धनप्रसादसँग भयो। सन्तान जन्माउने निर्णयमा महिलाको आफ्नै इच्छाभन्दा सामाजिक मान्यता र धार्मिक विश्वासको प्रभाव बढी हुन्थ्यो। बाल्यकालमै बुबाको साथ गुमाएकी बच्छीमायाले किशोरावस्थामै गृहस्थीको जिम्मेवारी सम्हाल्नुपर्यो। खेल्ने, पढ्ने र आफ्नो भविष्यबारे सोच्ने उमेरमै उनी आमा बनिन्। त्यसपछि वर्षैपिच्छे सन्तान जन्माउने र हुर्काउने क्रम चलिरह्यो। त्यतिबेलाको ग्रामीण समाजमा धेरै सन्तान हुनु असामान्य मानिँदैनथ्यो। परिवार नियोजनका साधनबारे जानकारी सीमित थियो। स्वास्थ्य सेवा सहज थिएन। सन्तान जन्माउने निर्णयमा महिलाको आफ्नै इच्छाभन्दा सामाजिक मान्यता र धार्मिक विश्वासको प्रभाव बढी हुन्थ्यो। “गाउँघरमा कसैले धेरै सन्तान जन्माएको भनेर राम्रो त कहाँ भन्थे र,” बच्छीमाया सम्झिन्छिन्, “तर रोक्ने उपाय पनि थिएन। भगवान्ले दिएपछि हात थाप्नुपर्यो।” सन्तानको रेखदेखदेखि घरव्यवहारसम्मको अधिकांश काम बच्छीमायाले नै गर्नुपर्थ्यो। उनका अनुसार दसैँमा टीका लगाएर आशीर्वाद दिँदा ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने चलनसमेत थियो। अहिले ठूलो परिवारलाई आर्थिक भार र जिम्मेवारीका दृष्टिले हेर्ने समाजमा त्यतिबेला धेरै सन्तान हुनुलाई परिवारको समृद्धि र ईश्वरको आशीर्वादसँग जोडेर हेरिन्थ्यो। श्रीमान् समाजमा, श्रीमती घरधन्दामा धनप्रसाद सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय थिए। गाउँका मुद्दामामिला मिलाउने र सामाजिक काममा सहभागी हुने क्रममा उनी धेरै समय घरबाहिर बिताउँथे। त्यसको प्रत्यक्ष असर घरपरिवारको जिम्मेवारीमा पर्थ्यो। सन्तानको रेखदेखदेखि घरव्यवहारसम्मको अधिकांश काम बच्छीमायाले नै गर्नुपर्थ्यो। धनप्रसाद आफूले सामाजिक काममा बढी समय दिनुपरेकाले पत्नीलाई पर्याप्त सहयोग गर्न नसकेको स्वीकार गर्छन्। उनका अनुसार त्यतिबेला गाउँसमाजका काममा नहिँडी हुँदैनथ्यो। तर त्यसको मूल्य बच्छीमायाले आफ्नो समय, श्रम र स्वास्थ्यबाट चुकाउनुपर्यो। बच्चा जन्माउने, हुर्काउने, बिरामी पर्दा स्याहार्ने र घरको काम गर्ने जिम्मेवारी एउटै व्यक्तिमाथि केन्द्रित हुँदा महिलाको श्रम कति अदृश्य रहन्थ्यो भन्ने बच्छीमायाको जीवनले देखाउँछ। परिवार ठूलो थियो, तर त्यो परिवार धान्न उनले गरेको परिश्रमको कुनै हिसाब थिएन। पाँचथरको रानीटारमा रहेको पुरानो घरबाट कठेत दम्पती उमेर बढ्दै जाँदा झापाको दमक झरे । धनप्रसाद अहिले पनि २८ सन्तान जन्माएको प्रसङ्गलाई ठट्यौली पारामा सम्झिन्छन्। धेरै सन्तान जन्माउने दम्पतीलाई पुरस्कार दिने कुरा सुने पनि आफूहरूले केही नपाएको उनको गुनासो छ । तर बच्छीमायाका लागि विगत कुनै पुरस्कार वा सम्मानको कथा होइन, जीवनभर भोगेको दुःखको सम्झना हो। फुर्सद आयो, रहर पूरा भएन समय बित्दै गयो। सन्तान हुर्किए र आ-आफ्नो बाटो लागे। पाँचथरको रानीटारमा रहेको पुरानो घरबाट कठेत दम्पती उमेर बढ्दै जाँदा झापाको दमक झरे । त्यहाँ गर्मी बढेपछि उनीहरू इलामस्थित कान्छा छोराको घरमा बस्न थाले। अहिले बच्छीमायालाई पहिले जस्तो घरधन्दाको बोझ छैन। सन्तान हुर्काउने जिम्मेवारीबाट मुक्त भएपछि उनीसँग आफ्नो समय छ। तर शरीरले पहिलेको जस्तो साथ दिन छाडेको । उच्च रक्तचाप, मधुमेह र घाँटीको समस्याले उनलाई सताएको छ । सामान्य हिँडडुल गर्न सक्ने भए पनि टाढाको यात्रा गर्न सहज छैन। विदेशमा रहेका सन्तानको देश हेर्ने उनको रहर भने मरेको छैन। पोर्चुगलमा रहेका छोरा र छोरीले आफूलाई त्यता लैजान खोजे पनि स्वास्थ्य अवस्थाका कारण जान नसकेको उनी सुनाउँछिन्। जीवनभर अरूका लागि बाँच्दा आफ्ना रहर पछि धकेलिएका थिए। अहिले ती रहर पूरा गर्ने समय आएजस्तो लाग्छ, तर शरीरले साथ दिँदैन। “पहिला दुःखमै दिन बिते । अहिले छोराछोरी हुर्किएपछि आफू खुला त भइयो, तर रोग र उमेरले खुसीमा रमाउन दिएन,” उनी भन्छिन्, “उमेरमा न मीठो खान पाइयो, न राम्रो लाउन। कतै घुम्न जाने त कुरै हुँदैनथ्यो।” उनको यो भनाइमा बितेको जीवनप्रतिको गुनासो मात्रै छैन, आफूले कहिल्यै अनुभव गर्न नपाएका सामान्य खुसीप्रतिको चाहना पनि छ। जीवनभर अरूका लागि बाँच्दा आफ्ना रहर पछि धकेलिएका थिए। अहिले ती रहर पूरा गर्ने समय आएजस्तो लाग्छ, तर शरीरले साथ दिँदैन। एउटी आमाको कथा चिकित्सा विज्ञानका दृष्टिले लामो प्रजनन अवधिमा धेरै सन्तान जन्माउनु सम्भव भए पनि बच्छीमायाको अनुभवलाई केवल जैविक आश्चर्यका रूपमा हेर्नु पर्याप्त हुँदैन। यसले विगतको ग्रामीण समाजमा मातृस्वास्थ्यको अवस्था, परिवार नियोजनसम्बन्धी सीमित जानकारी, महिलामाथिको घरेलु श्रमको भार र सन्तानप्रतिको सामाजिक दृष्टिकोणलाई उजागर गर्छ। परिवारका लागि जीवनभर खटिएकी एउटी आमाले जीवनको उत्तरार्धमा आफ्नै एउटा सानो सपना पूरा होस् भन्ने चाहना राखिरहेकी छन्। आज परिवार नियोजनका साधन र प्रजनन स्वास्थ्य सेवामा पहुँच विस्तार भएको छ। सन्तानको सङ्ख्या र जन्मान्तरबारे निर्णय गर्ने अधिकार, सुरक्षित मातृत्व तथा महिलाको स्वास्थ्यका विषयमा पनि चेतना बढेको छ। सानो परिवार रोज्ने प्रवृत्ति बढिरहेको वर्तमान समाजका लागि बच्छीमायाको जीवन विगत र वर्तमानबीचको ठूलो अन्तरको कथा हो। तर उनको जीवनलाई २८ सन्तान जन्माएको असाधारण घटनामा मात्रै सीमित गर्न मिल्दैन। त्यो सङ्ख्याभित्र एउटी बालिका छिन्, जसले सानैमा बुबा गुमाइन्। एउटी किशोरी छिन्, जसको बाल्यकालमै विवाह भयो। एउटी आमा छिन्, जसले लगातार सन्तान जन्माइन् र आधालाई गुमाइन्। अनि एउटी वृद्ध महिला छिन्, जसले जीवनभर परिवारका लागि खटिएर पनि आफ्ना केही सामान्य रहर पूरा गर्न पाइनन्। आज बच्छीमाया र धनप्रसाद लौरोको सहारामा जीवन बिताइरहेका छन्। विगतका कठिन दिन सम्झँदा उनलाई अझै कहाली लाग्छ। तर सन्तानको जीवन हेर्ने र उनीहरू बसेको देश पुग्ने चाहना भने जीवितै छ। २८ सन्तान जन्माएकी बच्छीमायाको जीवनमा मातृत्वको कथा लामो छ, तर आफ्नै लागि बाँच्ने समय भने निकै छोटो रह्यो। अहिले उनीसँग फुर्सद छ, सन्तान छन् र उनीहरूको माया पनि छ। तर बितेका वर्ष फर्काउन सकिँदैन, उमेरले थकाएको शरीरले सबै रहर पूरा गर्न सक्दैन । सायद यही नै उनको जीवनको सबैभन्दा मार्मिक पक्ष हो- परिवारका लागि जीवनभर खटिएकी एउटी आमाले जीवनको उत्तरार्धमा आफ्नै एउटा सानो सपना पूरा होस् भन्ने चाहना राखिरहेकी छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

छुमसुरको पहिरो हटेपछि खाँदबारी–किमाथांका सडकमा एकतर्फी यातायात सञ्चालन
नेपाली सेनाले आइतबार साँझ ब्लाष्टिङ गरेर पहिरो हटाएसँगै लामो समयदेखि अवरुद्ध सडकमा सवारीसाधन सञ्चालन भएको हो । ...

बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज
काठमाडौं । बूढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुन: सञ्चालन गर्ने तयारी गरिएको छ । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको ...

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
• नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत नयाँ इन्टरनेट प्याकेजमा ग्राहकको चासो बढेको छ र १९८ नम्बरको क्षमता वृद्धि गरेको छ। • ग्राहकले अनलाइनमा पनि एनटी फाइबर जडानको लागि अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ। • एनटी फाइबरले रु चार हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ, जसले तुलनात्मक रूपमा कम शुल्कमा सेवा चाहने ग्राहकलाई आकर्षित गरेको ...

त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन रोक
काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले आगामी आइतबार, कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडाउन रोक लगाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले... ...


