काठमाडौं । सरकारले २६ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले गत साउनदेखि परीक्षण उत्पादन गरिरहेको छ । उद्योगका ४०८ वटा तान (लुम) मध्ये १५ वटा मर्मतसम्भार गरी नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा परीक्षण उत्पादन भइरहेको छ । मर्मत गरिएका मेसिनबाट निजामती सेवामा कार्यरत महिला कर्मचारीका पोसाक तथा अस्पतालका बेडसिट उत्पादन गरिएको छ । उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारीस्वरूप सीमित मेसिन प्रयोग गरेर उत्पादनको परीक्षण भइरहेको हो । चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योग २०५७ सालमा बन्द भएको थियो । लामो समयदेखि बन्द रहेको उद्योग पुनः सञ्चालन गर्ने सरकारी योजनाअनुसार परीक्षण उत्पादन अघि बढाइएको हो ।
२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन जारी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






