Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘२६ करोड’को छायांकन आर्टुर जुराव्स्कीले गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘२६ करोड’को छायांकन आर्टुर जुराव्स्कीले गर्ने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘२६ करोड’को छायांकन पोलिस छायांकार आर्टुर जुराव्स्कीले गर्ने हुनुभएको छ । चलचित्रको छायांकनका लागि नेपाल आइपुग्नुभएका उहाँले आइतबारदेखि निर्माण टिमसँग वर्कसप सुरु गर्नुभएको छ । विकास सुवेदीको निर्देशनमा बन्ने चलचित्रको छायांकन यही मंसिर १५ गतेदेखि सुरु हुने निर्माता सुभाष भुसालले जानकारी दिनुभयो । आर्टुरले बलिउडका ‘सुल्तान’, ‘मर्दानी’ र ‘भूमि’ लगायतका चलचित्रमा छायांकन गरिसक्नुभएको छ । उहाँले यसअघि निर्देशक सुवेदीकै नेपाली चलचित्र ‘सिरजरा’मा पनि काम गर्नुभएको थियो । ‘२६ करोड’ उहाँहरूको दोस्रो सहकार्य हो । किंगडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रमा प्रदीपसँगै सारा अरएल शाह मुख्य भूमिकामा रहनुहुनेछ । सारा बलिउड अभिनेता विवेक ओबेरोयकी छोरी हुनुहुन्छ । चलचित्रको कथा तथा पटकथा निर्देशक सुवेदीकै रहेको छ भने संगीत सुभाष भुसालको छ । चलचित्र आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने तयारी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
थप घट्यो अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ, अमेरिकी डलर पनि सस्तियो
Latest NewsJust now

थप घट्यो अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ, अमेरिकी डलर पनि सस्तियो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि अमेरिकी डलर, बहराइन दिनार बाहेक यी सबैजसो मुद्रा सस्तिएका थिए।  आज अमेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ... ...

नेपालखबर
हुलास फिनसर्भ हायरपर्चेजको सिइओमा ठाकुर
Latest NewsJust now

हुलास फिनसर्भ हायरपर्चेजको सिइओमा ठाकुर

काठमाडौं । हुलास फिनसर्भ हायरपर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गरेको छ । उक्त नियुक्ति कम्पनीको संस्थागत विकास र व्यावसायिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालको हायरपर्चेज फाइनान्सिङ क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै विभिन्न उत्पादन तथा सेवा क्षेत्रमा वित्तीय सेवा विस्तार गरिरहेको महत्त्वपूर्ण समयमा उहाँको नियुक्ति भएको हो । हुलास फिनसर्भ ...

हिमालय टाइम्स
पुराना विदेशी लगानीको अभिलेखीकरण गर्न आग्रह
Latest NewsJust now

पुराना विदेशी लगानीको अभिलेखीकरण गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय) को अभिलेखीकरण (लेखांकन) नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘मूल समारोह कार्यक्रम’ मा उहाँले पुराना विदेशी लगानी (विशेषगरी भारतीय ...

हिमालय टाइम्स
चौथो संस्करणको किफ फागुन २३ देखि
Latest NewsJust now

चौथो संस्करणको किफ फागुन २३ देखि

काठमाडौं । चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) आगामी २०८३ फागुन २३ गतेदेखि सुरु हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै किफको शुभारम्भ गरिनेछ । महोत्सवअन्तर्गत फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा कर्णाली पर्यटन तथा चलचित्र संवाद र विशेष चलचित्र प्रदर्शन गरिनेछ । साथै ‘कर्णाली हेरौं, कर्णाली घुमौं’ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement