Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

हुलास फिनसर्भ हायरपर्चेजको सिइओमा ठाकुर

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुलास फिनसर्भ हायरपर्चेजको सिइओमा ठाकुर
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । हुलास फिनसर्भ हायरपर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गरेको छ । उक्त नियुक्ति कम्पनीको संस्थागत विकास र व्यावसायिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालको हायरपर्चेज फाइनान्सिङ क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै विभिन्न उत्पादन तथा सेवा क्षेत्रमा वित्तीय सेवा विस्तार गरिरहेको महत्त्वपूर्ण समयमा उहाँको नियुक्ति भएको हो । हुलास फिनसर्भ हायरपर्चेज नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त हायरपर्चेज वित्तीय संस्था हो । जसले दुर्ईपांग्रे, तीनपांग्रे तथा चारपांग्रे सवारीसाधन, ल्यापटप, मोबाइल फोनलगायतका उपभोक्ता इलेक्ट्रोनिक्स सामग्री खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीको पहिलो सिइओ नियुक्तिले नेतृत्व, कार्य सञ्चालन क्षमता तथा रणनीतिक दिशा थप बलियो बनाउँदै नेपालको वित्तीय सेवा क्षेत्रमा दिगो विकास हासिल गर्ने दीर्घकालीन लक्ष्यलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । ठाकुरको नेतृत्वले कम्पनी थप उचाइमा पुर्‍याउनुका साथै विकसित हुँदै गएको हायरपर्चेज फाइनान्सिङ बजारमा नयाँ अवसर पहिचान र विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास रहेको छ । बैंकलाई प्राप्त प्रतिष्ठित सम्मानले डिजिटल बैंकिङको क्षेत्रमा बैंकले चाल्दै आएका नवीनतम पहल र निरन्तर प्रयासलार्ई थप पुष्टि गरेको बैंकले जनाएको छ । बैंकले आफ्ना भरपर्दो डेबिट कार्ड सेवा र आधुनिक डिजिटल बैंकिङ सेवामार्फत् ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षितरूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ । प्रविधिको उच्चतम प्रयोगमार्फत् ग्राहकलाई उत्कृष्ट बनाउनु बैंकको मुख्य प्राथमिकता रहँदै आएको बैंकको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
थप घट्यो अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ, अमेरिकी डलर पनि सस्तियो
Latest NewsJust now

थप घट्यो अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ, अमेरिकी डलर पनि सस्तियो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि अमेरिकी डलर, बहराइन दिनार बाहेक यी सबैजसो मुद्रा सस्तिएका थिए।  आज अमेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ... ...

नेपालखबर
पुराना विदेशी लगानीको अभिलेखीकरण गर्न आग्रह
Latest NewsJust now

पुराना विदेशी लगानीको अभिलेखीकरण गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय) को अभिलेखीकरण (लेखांकन) नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘मूल समारोह कार्यक्रम’ मा उहाँले पुराना विदेशी लगानी (विशेषगरी भारतीय ...

हिमालय टाइम्स
चौथो संस्करणको किफ फागुन २३ देखि
Latest NewsJust now

चौथो संस्करणको किफ फागुन २३ देखि

काठमाडौं । चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) आगामी २०८३ फागुन २३ गतेदेखि सुरु हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै किफको शुभारम्भ गरिनेछ । महोत्सवअन्तर्गत फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा कर्णाली पर्यटन तथा चलचित्र संवाद र विशेष चलचित्र प्रदर्शन गरिनेछ । साथै ‘कर्णाली हेरौं, कर्णाली घुमौं’ ...

हिमालय टाइम्स
मिस युनिभर्स २०२६ को ताज जेनिफरलाई
Latest NewsJust now

मिस युनिभर्स २०२६ को ताज जेनिफरलाई

काठमाडौं । मिस युनिभर्स-२०२६ को उपाधि प्युर्टो रिकोकी जेनिफर बारेटोले जित्नुभएको छ । सान जुआनमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा उहाँलाई विजेता घोषणा गरिएको हो । जेनिफरलाई अघिल्लो संस्करणकी विजेता फातिमा बोसले १८ क्यारेट सेतो सुन र तीन हजार १५० वटा हिराजडित मुकुट पहिराइदिनुभयो । मिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो र भेनेजुएलाकी क्लारा भेगास दोस्रो रनरअप बन्नुभयो । प्रतियोगितामा ११६ देशका सुन्दरी ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement