२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ७८ जना घाइते भएका छन्। त्यसैगरी मधेश प्रदेशमा ५३, गण्डकी प्रदेशमा २३, काठमाडौं उपत्यकामा १९, सुदूरपश्चिम प्रदेशमा १८, लुम्बिनी प्रदेशमा १७, बागमती प्रदेशमा १५ र कर्णाली प्रदेशमा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा गण्डकी र लुम्बिनी प्रदेशका दुई–दुई जना तथा काठमाडौं उपत्यका र सुदूरपश्चिम प्रदेशका एक–एक जना रहेका छन्। प्रहरीका अनुसार रुपन्देहीको मायादेवी गाउँपालिका–३ शुक्रौलीस्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीभित्र अचानक लडेर गम्भीर घाइते भएका ३६ वर्षीय प्रेम सागर धोबीको उपचारका क्रममा मृत्यु भएको छ। लु २ त ४९२५ नम्बरको ट्र्याक्टरमा काम गर्ने धोबीलाई भीम अस्पताल भैरहवामा सामान्य उपचारपछि थप उपचारका लागि सिटी अस्पताल लगेपछि उनलाई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नवलपरासीको सुनवल नगरपालिका–३ किर्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा लु ४० प २८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा पछाडि सवार रुपन्देहीको देवदह नगरपालिका–९ का करिब ४० वर्षीय सुवास सेनचुरीको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका–२९ आदर्शचोकमा ग २ ४ प १६३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ५५ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ। गम्भीर घाइते भएका शर्माको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीस्थित राडखोला–बिरुवा सडकखण्डमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा बिरुवा गाउँपालिका–२ का करिब ३९ वर्षीय रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कैलालीको कैलारी गाउँपालिका–३ भर्मीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलले पछाडिबाट गोरुगाडालाई ठक्कर दिँदा मोटरसाइकल चालक १८ वर्षीय सुजन चौधरीको मृत्यु भएको छ। त्यसैगरी, काभ्रेको महाभारत गाउँपालिका–८ घर्तीछापस्थित भित्री सडकखण्डमा बा प्र ०२–०५६ प ४७४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा ठोक्किँदा चालक २४ वर्षीय दिनेश पाख्रिनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। The post २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कर्णालीका आठ पालिकामा अझै पुगेन सडक
डोल्पाका चार, कालीकोटका तीन र मुगुको एक स्थानीय तहका केन्द्र राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेका हुन् । ...

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
• वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। • रदरफोर्डले टी–२० क्रिकेटमा ५ हजार ९० रन बनाएका छन् र उनले विभिन्न फ्रेन्चाइज क्रिकेटमा अनुभव प्राप्त गरेका छन्। • सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्। ...

दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुको चाप बढ्दै
काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेका छन् । यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी... ...

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते
काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। उपचारका क्रममा बिहान १०:०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ७ गते बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं ...


