ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा ६, अवस्था ठिक नभएको २१ जना र अन्यमा ३४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३२ जनालाई कारबाही

Read Complete Original Article
Published originally on पर्दाफास






