Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

कस्तो रहनेछ आजको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो रहनेछ आजको मौसम ?
Photo / Coverage: पर्दाफास

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको हिमाली र पहाडी भूभागमा मौसम मख्यतया सफा देखि आंशिक बादल रहेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६३२ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६३२ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा ६, अवस्था ठिक नभएको २१ जना र अन्यमा ३४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक ...

पर्दाफास
एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
OthersJust now

एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका हुन् । सुदूरपश्चिमले लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो । सुदूरपश्चिम यसअघिका दुई ...

पर्दाफास
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
OthersJust now

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ ...

पर्दाफास
पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने, पहिलो चरणमा १०० आप्रवासी पठाइने
OthersJust now

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने, पहिलो चरणमा १०० आप्रवासी पठाइने

एएफपीका अनुसार यो योजना सुरुमा परीक्षणका रूपमा सञ्चालन हुनेछ । पहिलो चरणमा ईयूका पाँच देशले २०–२० जनाका दरले आप्रवासी रुवान्डा पठाउने छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play