Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

१९ वर्षपछि वैदेशिक रोजगार ऐन संशोधन हुँदै, युवा ऐन पनि परिमार्जन गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
१९ वर्षपछि वैदेशिक रोजगार ऐन संशोधन हुँदै, युवा ऐन पनि परिमार्जन गरिँदै
Photo / Coverage: पर्दाफास

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न सरकारले नीतिगत तथा कानुनी सुधारको काम अघि बढाएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्षौंदेखि थुप्रिएका समस्या समाधान गर्दै श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकार जुटेको बताए। मन्त्री यादवले १९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागिएको जानकारी दिए। त्यस्तै, संघीयता कार्यान्वयनमा आएपछि संशोधन हुन नसकेको राष्ट्रिय युवा ऐनलाई पनि समय र आवश्यकताअनुसार परिमार्जन गरिरहेको उनको भनाइ छ। सरकारले राष्ट्रिय रोजगार ऐन निर्माणको कामसमेत अघि बढाएको उल्लेख गर्दै उनले सामाजिक उद्यमशीलतालाई पनि उक्त ऐनमा समेट्ने घोषणा गरे। राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष ३५ वर्षमुनिको युवा हुने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिँदै मन्त्री यादवले युवाका लागि नयाँ अवसर सिर्जना गर्नुका साथै ती अवसरलाई दिगो बनाउन बलियो नीतिगत आधार तयार पार्नु सरकारको प्राथमिकता रहेको बताए। उनले भने, ‘श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति हटाइरहेका छौँ। वर्षौंदेखि थुप्रिएका फोहोर सफा गरिरहेका छौँ। विगतका काम र कमी कमजोरी सच्याइरहेका छौँ। समय र आवश्यकताअनुसार नीति, ऐन र नियमावली सुधार गरिरहेका छौँ।’ नीति, ऐन तथा नियमावलीमा सुधार गरेर प्रणालीप्रति नागरिकको विश्वास बढाउने काम भइरहेको उनको भनाइ थियो। मन्त्री यादवले सरकारले युवासँग सहकार्य गरेर नीति निर्माण गर्न चाहेको पनि बताए। युवाका आवश्यकता र सुझावलाई समेट्दै नयाँ अवसर सिर्जना गर्न सरकार उनीहरूसँगै अघि बढ्ने उनले प्रतिबद्धता जनाए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
OthersJust now

प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ

प्रहरी निरीक्षक भएको दाबी गर्दै मुद्दा नचलाई छुटाइदिने प्रलोभनमा दुई लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका-९, वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय ...

पर्दाफास
कांग्रेसको देउवा समूहद्वारा जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित
OthersJust now

कांग्रेसको देउवा समूहद्वारा जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित

अष्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता साउदले प्रवासमा रहेका नेपालीहरूको पार्टीप्रतिको योगदान र भूमिकालाई संस्थागत गर्न केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्वको व्यवस्था गरिएको बताएका हुन् । ...

अनलाइन खबर
महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनलमा
OthersJust now

महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनलमा

१३ मंसिर, सुर्खेत । त्रिभुवन आर्मी क्लब १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ। शनिबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको ७० रनको लक्ष्य आर्मीले १० ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। आर्मीका कविता कुँवरले नटआउट २० र लक्ष्मी साउदले नटआउट १८ रन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement