Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

१६७ रोपनी जग्गा दान गर्दा पनि बनेन अस्पताल, स्थानीय आमरण अनसनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
१६७ रोपनी जग्गा दान गर्दा पनि बनेन अस्पताल, स्थानीय आमरण अनसनमा
Photo / Coverage: केन्द्रबिन्दु

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल निर्माणको काम अघि नबढेको भन्दै स्थानीय बासिन्दा र जग्गादाता आमरण अनसनमा बसेका छन्। वर्षौँदेखि अस्पताल निर्माणको माग गर्दै आए पनि सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्रीको कार्यालय परिसरमा सोमबारदेखि अनिश्चितकालीन अनसन सुरु गरेका हुन्। प्रादेशिक अस्पताल तथा मेडिकल कलेज संघर्ष समितिको नेतृत्वमा सुरु भएको अनसनमा समितिका संयोजक माधव ढुंगानासहित जग्गादाता अर्जुनकुमार गौतम, लक्ष्मण भुजेल र शारदाप्रसाद गौतम सहभागी छन्। संघर्ष समितिका संयोजक ढुंगानाका अनुसार पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार दिउँसोदेखि अनसन सुरु गरिएको हो। अस्पताल निर्माणका लागि स्थानीयले १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। प्रदेश सरकारले सुरुमा जग्गा सम्याउने काम गरे पनि त्यसपछि भवन निर्माणलगायतका प्रक्रिया अघि नबढाएको स्थानीयको गुनासो छ। आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मानेभन्ज्याङ गाउँपालिकाकी उपाध्यक्ष आश्रचन राई पनि मुख्यमन्त्री कार्यालय परिसर पुगेकी छन्। स्थानीय नवराज खड्काका अनुसार करिब १५ देखि २० जनाको टोली विराटनगरमा बसेर आन्दोलनको नेतृत्व गरिरहेको छ। अस्पताल निर्माणको माग पूरा नभएको भन्दै टोक्सेलवासीले यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचनसमेत बहिष्कार गरेका थिए। लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिको भनाइ छ। समितिले अस्पताल निर्माणको औपचारिक तथा ठोस प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ। माग पूरा नभएसम्म आमरण अनसनसहितको आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड
Latest NewsJust now

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिए। नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव... ...

रातोपाटी
बक्स अफिसमा ऐतिहासिक आँधी : नितेश तिवारीको चलचित्र ‘रामायण’ को लोभलाग्दो सफलता
Latest NewsJust now

बक्स अफिसमा ऐतिहासिक आँधी : नितेश तिवारीको चलचित्र ‘रामायण’ को लोभलाग्दो सफलता

काठमाडौं । तपाईंले रणबीर कपूर र साई पल्लवी अभिनित फिल्म ‘रामायण’ हेर्नुभयो रु यदि हेरिसक्नुभयो भने तपाईंलाई सबैभन्दा बढी कसको भूमिका मनपर्यो ? आफ्नो प्रतिक्रिया दिँदै गर्नुहोला, आज हामी रामायणले चलचित्र जगतमा मच्चाएको तहल्काको विषयमा चर्चा गर्नेछौं । बलिउडका चर्चित निर्देशक नितेश तिवारीको म्याग्नम ओपस चलचित्र ‘रामायण’ ले यतिबेला बलिउडमा मात्र नभई विश्वव्यापी रूपमै बक्स अफिसमा तहल्का मच्चाएको छ । हिन्दू ...

कर्पोरट खबर
खराब कर्जा असुलीमा अर्थमन्त्रीको जोड
Latest NewsJust now

खराब कर्जा असुलीमा अर्थमन्त्रीको जोड

काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। नेपाल बैंक लिमिटेडको ९०औं वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे। नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज ...

नेपालन्युज
एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार ४१४ जना सहभागी हुने
Latest NewsJust now

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार ४१४ जना सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने र साङ्गठनिक सुदृढिकरण गर्नका लागि भेलाको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play