Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

१४ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
१४ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन
Photo / Coverage: नेपालन्युज

काठमाडौं। लामो समयदेखि कार्यालयको सम्पर्कमा नरही गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको उचित कारण खुलाएर सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन भनेको हो। प्रहरीका अनुसार खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत ती कर्मचारीहरू कार्यालयको सम्पर्कमा आएका छैनन्। तोकिएको समयभित्र कार्यालयमा उपस्थित भई गैरहाजिर रहनुको कारण पेस गर्न प्रहरीले निर्देशन दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने
Latest NewsJust now

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका कुनै पनि प्रमुख सहरहरूमा वर्षाको सम्भावना छैन। सबै सहरहरूमा वर्षाको सम्भावना शून्य... ...

रातोपाटी
किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ
Latest NewsJust now

किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ

काठमाडौं । मोरङको कानेपोखरी ६ मा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पीडित किशोरीका ससुरा र सोही घटनालाई लिएर पीडित बालिकालाई कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने किशोरीका श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा किशोरीका ५५ वर्षीय ससुरा र उनका २३ वर्षीय श्रीमान् छन्। गत कात्तिक २९ गते राति किशोरीलाई घरमा ससुरा जयराम दर्जीले ...

केन्द्रबिन्दु
बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी
Latest NewsJust now

बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement