१३ देवगणको सहभागितामा पाटनमा अष्टमातृका नाच [तस्बिरहरू]
![१३ देवगणको सहभागितामा पाटनमा अष्टमातृका नाच [तस्बिरहरू]](https://kendrabindu.com/wp-content/uploads/2026/10/DSC013011.jpeg)
ललितपुर । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परासँग जोडिएको ऐतिहासिक गँः प्याखँ अर्थात् अष्टमातृका नाच प्रस्तुत गरिएको छ। नेवारी समुदायको गहिरो धार्मिक तथा तान्त्रिक परम्परासँग सम्बन्धित यस नाचमा विभिन्न देवीदेवताका १३ जना देवगणको विशेष सहभागिता रहेको थियो। पाटनको प्राचीन सांस्कृतिक धरोहरका रूपमा रहेको अष्टमातृका नाचमा सहभागी प्रत्येक देवगणको आ–आफ्नै विशिष्ट तान्त्रिक मुद्रा र भावभङ्गी रहने गर्छ। परम्परागत बाजागाजासहित विधिपूर्वक मूलचोकमा प्रस्तुत गरिएको नाचले पाटनको समृद्ध सांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ। प्राचीनकालदेखि चल्दै आएको यस नाचले तान्त्रिक साधना, धार्मिक आस्था तथा नेवारी लोकसंस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पुस्तौँदेखि निरन्तरता पाउँदै आएको यो परम्परा पाटनको मौलिक सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ। अष्टमातृका नाचको अवलोकन तथा दर्शन गर्न मूलचोकमा स्थानीय कलाप्रेमी, बौद्धिक व्यक्तित्वका साथै स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय उपस्थिति रहेको थियो। परम्परागत शैली, बाजागाजा र देवगणहरूको विशेष प्रस्तुतिले मूलचोकको वातावरणलाई सांस्कृतिक रंगले भरिएको थियो। यस्ता तान्त्रिक तथा सांस्कृतिक नाचहरूले पुर्खाले हस्तान्तरण गर्दै आएको ऐतिहासिक र सांस्कृतिक विरासतलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। तस्बिरः घनश्याम श्रेष्ठ /रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आन्द्रे रसेल विराटनगर किंग्समा
काठमाडौं।वेस्ट इन्डिजका विस्फोटक अलराउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। विराटनगर किंग्सले आइतबार ३८ वर्षीय रसेललाई अनुबन्ध गरेको जनाएको हो। यसअघि टोलीले श्रीलंकाका कप्तान चरित असलंकालाई पनि अनुबन्ध गरिसकेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका विभिन्न फ्रेन्चाइज टी–२० लिगमा आफ्नो क्षमता देखाइसकेका रसेल आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित छन्। उनले हालसम्म ...

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गृहमन्त्री
शनिबार र आइतबार गृहमन्त्री सुधन गुरुङ बाढीले भत्काएका सडक र पुलको निरीक्षणमा व्यस्त रहे । चुमनुब्री, आरुघाट र धार्चे क्षेत्रका बाढी प्रभावितले गृहमन्त्रीलाई झोलुंगे पुल पुनर्निर्माणदेखि सडक सञ्चालन गर्नुपर्ने माग राखेका थिए । ...

रसेलले भने– विराटनगर किंग्सलाई उपाधि जिताउन योगदान गर्नु नै मेरो मुख्य लक्ष्य
तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्समा आबद्ध भएका वेस्ट इन्डियन आन्द्रे रसेलले टोलीलाई उपाधि जिताउन योगदान गर्ने बताएका छन्। विराटनगर किंग्ससँग आबद्ध भएपछि उनले उत्साहित रहेको बताउँदै समर्थकलाई खेल मनोरञ्जनका लागि आतुर रहेको टिप्पणी गरेका हुन्। ‘एनपीएल सिजन–३ का लागि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा म निकै उत्साहित छ... ...

एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपाली क्रिकेटको विकासमा संस्थागत सहयोग पुर्याउनु रहेको बताएका छन् । अधिकारीका अनुसार नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन ...


