Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

१० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण शुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण शुरु
Photo / Coverage: टक्सार

काठमाडाैँ । विगत १० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परिक्षण शुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी बायोग्यास प्लान्ट परीक्षण शुभारम्भ गरेको हो । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्लान्ट परीक्षणको शुभारम्भ गरे । यसअघि कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई बायोग्यास प्लान्ट सञ्चालनको लागि हस्तान्तरण गरेका थिए । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ढकालले ऊर्जा मन्त्रालयको निर्देशन र काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा प्लान्टको प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार करिव १० वर्षअघि निर्माण गरिएको उक्त प्लान्ट सञ्चालनमा आएको केही समयपछि बन्द भएको थियो । पुरानो प्लान्टको डिजाइन विद्युत उत्पादन गर्ने उद्देश्यले गरिएको भएपनि हालको प्राविधिक अध्ययनले उत्पादित बायोग्यासलाई सिधै उपभोक्तासम्म पु¥याउनु उपयुक्त देखाएको उनको भनाइ छ । पाइपलाइनमार्फत आसपासका घरपरिवारलाई ग्यास वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनका अनुसार प्लान्टको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेल अपनाउने विषयमा पनि छलफल भइरहेको छ । निजी क्षेत्रलाई सञ्चालन व्यवस्थापनमा सहभागी गराएर महानगरपालिकाको स्वामित्वमा प्लान्ट सञ्चालन गर्ने अवधारणालाई अघि बढाइएको उनले बताए । विश्व बैंककी अपरेसन म्यानेजर रिता ढकालले पुनःस्थापित प्लान्टबाट दैनिक तीन टन छुट्याइएको जैविक फोहोर प्रशोधन गरी करिब १५० घनमिटर बायोग्यास उत्पादन गर्ने लक्ष्य रहेको बताए । उत्पादित ग्यास आसपासका करिब १०० घरपरिवारलाई वितरण गरिने उनले जानकारी दिए । फोहोर व्यवस्थापन क्षेत्रबाट विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब ३ देखि ५ प्रतिशत हिस्सा आउने उल्लेख गर्दै उनले जैविक फोहोरको उचित व्यवस्थापनले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पु¥याउने बताए । विशेषगरी ल्यान्डफिल तथा डम्पिङ साइटमा जैविक फोहोर कुहिँदा निस्कने मिथेन र खुला रूपमा फोहोर जलाउँदा उत्सर्जन हुने ब्ल्याक कार्बन न्युनिकरणमा यस्ता परियोजना उपयोगी हुने उनको भनाइ छ । उनले प्लान्टको दिगो सञ्चालनका लागि घरघरबाटै जैविक र अजैविक फोहोर छुट्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार युरोपेली संघको सहयोगमा सन् २०१७ मा स्थापना गरिएको प्लान्ट विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण लामो समयसम्म सञ्चालन हुन सकेको थिएन ।विश्व बैंकको सहयोगमा सञ्चालित मिनी ग्रिड इनर्जी एक्सेस परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र काठमाडौँ महानगरपालिकाले प्लान्टको पुनःस्थापना गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार विश्व बैंकको सहयोगमा यसअघि विभिन्न सात स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ठूला बायोग्यास प्लान्ट निर्माण भएका छन् । त्यस्तै, निजी क्षेत्रको सहभागितामा २० वटाभन्दा बढी व्यावसायिक प्लान्ट स्थापना भएका छन् । केन्द्रले हरित जलवायु कोषसमक्ष ४८ मिलियन अमेरिकी डलरको फोहोर व्यवस्थापनसम्बन्धी परियोजना प्रश्ताव गरेको र त्यसमा प्राप्त सुझावअनुसार काम भइरहेको जनाएको छ । नेपाल र स्विडेनबीच पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत द्विपक्षीय सम्झौता भएपछि निजी क्षेत्रको सहभागितामा ठूला बायोग्यास आयोजनाहरू अघि बढाउने तयारी गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपथ्यले अब तीन साता अस्ट्रेलिया घन्काउने
Latest NewsJust now

नेपथ्यले अब तीन साता अस्ट्रेलिया घन्काउने

नेपथ्यले आगामी डिसेम्बर ७ मा एडिलेडबाट सांगीतिक यात्रा शुरु गर्दै मेलबर्नमा १४, सिड्नीमा १९ हुँदै २७ डिसेम्बरमा पर्थमा टुरको समापन गर्ने भएको छ । ...

कान्तिपुर
बाढी पहिरोको तीन महिनापछि त्रिशूलीमा तीन वटा पुल निर्माणका लागि टेन्डर आह्वान गरिँदै
Latest NewsJust now

बाढी पहिरोको तीन महिनापछि त्रिशूलीमा तीन वटा पुल निर्माणका लागि टेन्डर आह्वान गरिँदै

काठमाडौँ । बाढी पहिरोका कारण क्षतिग्रस्त बनेका तीन वटा पक्की पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिततासहित निर्णयको पत्र प्राप्त भएसँगै सडक विभागले आगामी... ...

रातोपाटी
नेपालमा वर्षेनी भित्रिन्छ अर्बौं रुपैयाँ बराबरको जनावरको बोसो, कहाँ र किन हुन्छ प्रयोग ?
Latest NewsJust now

नेपालमा वर्षेनी भित्रिन्छ अर्बौं रुपैयाँ बराबरको जनावरको बोसो, कहाँ र किन हुन्छ प्रयोग ?

काठमाडौं । नेपालमा वर्षेनी जनावरको बोसो आयात बढ्दो क्रममा रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा मात्रै भारतबाट ६ हजार ४६७ सय मेट्रिकटन बोसो आयात भएको छ । यसको मूल्य ९२ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ भने सरकारले १७ करोड २४ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पछिल्ला पाँच ...

केन्द्रबिन्दु
भोटेकोशी बाढीपीडितलाई आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन कांग्रेस नेता केसीको माग
Latest NewsJust now

भोटेकोशी बाढीपीडितलाई आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन कांग्रेस नेता केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भोटेकोशी (रसुवा–नुवाकोट) बाढीका वास्तविक सुकुमवासीको छिटो पहिचान गरी एकद्वार प्रणालीबाट सुरक्षित आवास, लालपुर्जा र प्रतिबद्धताअनुसारको राहत रकम उपलब्ध गराउन माग गरेका छन् । उनले विस्थापित पीडितहरूले राज्यव्यवस्थाबाट निगाह नभई मौलिक हक र प्राकृतिक न्यायको नियमअनुरूप न्यायोचित व्यवहार खोजेको स्मरणसमेत गराएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement