Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नेपालमा वर्षेनी भित्रिन्छ अर्बौं रुपैयाँ बराबरको जनावरको बोसो, कहाँ र किन हुन्छ प्रयोग ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा वर्षेनी भित्रिन्छ अर्बौं रुपैयाँ बराबरको जनावरको बोसो, कहाँ र किन हुन्छ प्रयोग ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालमा वर्षेनी जनावरको बोसो आयात बढ्दो क्रममा रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा मात्रै भारतबाट ६ हजार ४६७ सय मेट्रिकटन बोसो आयात भएको छ । यसको मूल्य ९२ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ भने सरकारले १७ करोड २४ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पछिल्ला पाँच आर्थिक वर्ष (२०७७/०७८ देखि २०८१/०८२) मा नेपालले विभिन्न देशबाट ११ अर्ब १५ करोड ३७ लाख ५९ हजार रुपैयाँ बराबरको जनावरको बोसो आयात गरेको थियो । यस अवधिमा भारत र थाइल्यान्डबाट सबैभन्दा बढी आयात भएको देखिन्छ । तथ्यांकअनुसार बोसो आयातको परिमाण र मूल्य दुवै बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८२/०८३ को पहिलो सात महिनामा मात्रै भारत र थाइल्यान्डबाट १ अर्ब ४७ करोड ९० लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ९६ हजार ९८२ किलो बोसो आयात भएको छ । यो तथ्यांक हेर्दा नेपालमा अत्याधिक रुपमा जनावरको बोसोको प्रयोग बढ्दै गएको देखिन्छ । स्वदेशमै पशुपालन तथा मासुजन्य उद्योगबाट प्राप्त हुने बोसो प्रशोधन गरेर औद्योगिक कच्चा पदार्थ बनाउन सकिने सम्भावना भए पनि नेपाली उद्योगहरू आयातित बोसोमा निर्भर देखिएका छन् । कहाँ र किन प्रयोग हुन्छ जनावरको बोसो ? व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार जनावरको बोसो मुख्यतः साबुन, कस्मेटिक सामग्री र पशुदाना उत्पादक उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग गर्छन् । यीमध्ये सबैभन्दा बढी खपत साबुन उद्योगमा हुने गरेको छ । साबुन उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थका रूपमा प्रयोग हुने जनावरको बोसो कस्मेटिक सामग्री उत्पादनमा समेत उपयोग हुन्छ । यसबाहेक औद्योगिक लुब्रिकेन्ट, पशु आहार तथा केही परम्परागत औषधिमा पनि यसको प्रयोग हुने गरेको छ । राँगा, सुँगुर वा भेडाको बोसोलाई तताएर तेलका रूपमा तरकारी पकाउनसमेत प्रयोग गर्ने गरिएको पाइन्छ । यद्यपि औद्योगिक प्रयोजनका लागि आयात हुने बोसो र खाद्य प्रयोजनमा प्रयोग हुने बोसोको गुणस्तर तथा उपयोग फरक हुन सक्छ । नेपालमा मासुजन्य व्यवसाय तथा पशुपालनबाट विभिन्न प्रकारका पशुजन्य बोसो उत्पादन हुने सम्भावना रहे पनि उद्योगहरूमा प्रयोग हुने बोसोको ठूलो परिमाण विदेशबाट आयात भइरहेको छ । पाँच वर्षमा ११ अर्बभन्दा बढी रुपैयाँको बोसो आयात हुनुले स्वदेशी कच्चा पदार्थको उपयोग र प्रशोधन क्षमताबारे पनि प्रश्न उठाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्थानीय तह निर्वाचनका लागि देशभर मतदान स्थल पुनरावलोकन गरिने
Latest NewsJust now

स्थानीय तह निर्वाचनका लागि देशभर मतदान स्थल पुनरावलोकन गरिने

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि देशभरका मतदान स्थल पुनरावलोकन गर्ने भएको छ । त्यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न आयोगले सबै स्थानीय तहलाई पत्राचार गरेको छ... ...

रातोपाटी
‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’
Latest NewsJust now

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्। नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीद्वारा आज यहाँ आयोजित ‘नेपाल–युके बिजनेस फोरममा उनले नेपालमा संयुक्त लगानी, प्राविधिक साझेदारी, उत्पादनमूलक क्षेत्रमा अवसर र नेपालका उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न बेलायती कम्पनीलाई आग्रह गरे। मन्त्री साहले ...

नेपालन्युज
दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता स्वीकार्य छैन : सञ्चारमन्त्री तिमिल्सिना
Latest NewsJust now

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता स्वीकार्य छैन : सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिए । उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement