Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्। नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीद्वारा आज यहाँ आयोजित ‘नेपाल–युके बिजनेस फोरममा उनले नेपालमा संयुक्त लगानी, प्राविधिक साझेदारी, उत्पादनमूलक क्षेत्रमा अवसर र नेपालका उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न बेलायती कम्पनीलाई आग्रह गरे। मन्त्री साहले विभिन्न पेसा, व्यवसायका सिलसिलामा बेलायमा रहनुभएका नेपाली डायस्पोरालाई पनि मातृभूमिमा लगानी, व्यावसायिक विज्ञता, नवीनता र ज्ञान हस्तान्तरणका माध्यमबाट नेपाली र बेलायती अर्थतन्त्रबीच सेतुको काम गर्न आग्रह आह्वान गरे। नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा लामो मित्रता, आपसी सम्मान, विश्वास र सहकार्यको इतिहास रहेको उल्लेख गर्दै मन्त्री साहले यो सम्बन्ध केबल कूटनीतिक संलग्नतामा मात्र सीमित नभई जनस्तर र भावनात्मक निकटतामा पनि आधारित रहेको बताए। “यो ऐतिहासिक सम्बन्धलाई अझ बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्ने अवसर छ, जसले उन्नत प्रविधि, जिम्मेवार लगानी र दिगो व्यापारलाई प्रवद्र्धन गर्न सकोस्”, उनले भने। नेपाल र बेलायतबीच नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार र सेवा क्षेत्रका उदीयमान आयाममा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको उनले औँल्याए। अवसरले मात्र लगानीकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै उनले लगानीकर्तालाई आवश्यकपर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका क्षेत्रमा वर्तमान सरकारले काम गरिरहेको जानकारी गराए। “व्यावसायिक समुदायले उठाउँदै आएका दोहोरो कर प्रणाली, कर नीतिमा पूर्वानुमानयोग्यता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको सुरक्षा र निर्यात सहजीकरणका विषय विचारणीय रहेका छन्, यसलाई सरकारले स्वीकार गरेको छ”, उनले भने। नेपालका लागि बेलायतका राजदूत रब फेनले बेलायत र नेपाल २०४ देखिका साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै गइरहेको बताए। नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सभापति रोशन राठीले नेपाल र बेलायतबीच ‘दोहोरो कर मुक्ति सम्झौता’ गर्न सकिएमा द्विपक्षीय व्यापार र लगानीका लागि आधार तयार हुने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दक्षिण कोरियामा ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा
Latest NewsJust now

दक्षिण कोरियामा ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा

• दक्षिण कोरियाको केन्द्रीय बैङ्कले ब्याजदरलाई ३.२५ प्रतिशतमा पुर्याएको छ, जुन दुई वर्षकै उच्च हो, मुद्रास्फीति नियन्त्रणका लागि यो कदम चालिएको हो। • कृत्रिम बुद्धिमत्ता (एआई) को मागका कारण निर्यात र आर्थिक वृद्धिदरमा वृद्धि भएको छ, जसले २०२७ मा ४.१ प्रतिशतको विस्तारको अपेक्षा गरिएको छ। • ऊर्जा मूल्य वृद्धिले मुद्रास्फीति उच्च रहिरहने प्रक्षेपण गरिएको छ, र चिप्स क्षेत्रको विकासले निर्यात ...

नेपालबहस
६ किलो चरेस जलाएर नष्ट
Latest NewsJust now

६ किलो चरेस जलाएर नष्ट

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ चेकपोइन्टबाट बरामद गरिएको ६ किलो लागुऔषध चरेस जलाएर नष्ट गरिएको छ। काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको जिपबाट गत कात्तिक ३० गते राति करिब १ः४५ बजे प्रहरीले चरेस बरामद गरेको थियो। उक्त घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। इभी गाडीको डिकीमा राखिएको कालो लगेज ब्यागभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा चरेस फेला परेको प्रहरीले ...

केन्द्रबिन्दु
इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, १३ अझै बेपत्ता
Latest NewsJust now

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, १३ अझै बेपत्ता

• इन्डोनेसियाको जाभा टापुमा भारी वर्षापछि आएको बाढीले सुन खानीमा १३ जनाको मृत्यु भएको छ र १३ जना अझै बेपत्ता छन्। • अवैध खानीमा सुरक्षा मापदण्ड कमजोर हुने कारण यस्ता दुर्घटनाहरू सामान्य हुने गरेका छन्। • उद्धार अभियानमा करिब १०० मिटर गहिराइ र चिप्लो भूभाग जस्ता चुनौतीहरू छन्, र ११ जना कामदार सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। ...

नेपालबहस
टेकुमा फोहोरबाट ग्यास उत्पादन परीक्षण (तस्बिरहरु)
Latest NewsJust now

टेकुमा फोहोरबाट ग्यास उत्पादन परीक्षण (तस्बिरहरु)

काठमाण्डु– काठमाण्डु महानगरपालिका–१२, टेकुमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाको परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोह आयोजना गरिएको छ । फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै त्यसबाट ऊर्जा उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त परियोजनाको परीक्षण सञ्चालन तथा हस्तान्तरण कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललगायतको उपस्थिति रहेको थियो । […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement