मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ चेकपोइन्टबाट बरामद गरिएको ६ किलो लागुऔषध चरेस जलाएर नष्ट गरिएको छ। काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको जिपबाट गत कात्तिक ३० गते राति करिब १ः४५ बजे प्रहरीले चरेस बरामद गरेको थियो। उक्त घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। इभी गाडीको डिकीमा राखिएको कालो लगेज ब्यागभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा चरेस फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पालुङका अनुसार बरामद चरेस जनप्रतिनिधि, सञ्चारकर्मी तथा नगर प्रहरीको रोहवरमा खोला किनारमा जलाएर नष्ट गरिएको हो।
६ किलो चरेस जलाएर नष्ट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






