Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

१०औँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, औपचारिक उद्घाटन मंसिर १६ मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
१०औँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु, औपचारिक उद्घाटन मंसिर १६ मा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलका प्रतिस्पर्धा आज मंगलबारदेखि सुरु हुँदैछन्। आगामी मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटबल, बास्केटबल, टेनिस र पौडीसहितका खेलका प्रतिस्पर्धा उद्घाटनअघि नै सुरु हुन लागेका हुन्। अनुमोदित खेल तालिकाअनुसार मंगलबारदेखि ६ खेलका प्रतिस्पर्धा सञ्चालन हुनेछन्। घरेलु ओलम्पिकका रूपमा परिचित राष्ट्रिय खेलकुदको १०औँ संस्करण मंसिर १६ गते औपचारिक उद्घाटन भई मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेल सुर्खेतलाई मुख्य केन्द्र बनाएर कर्णाली प्रदेशका विभिन्न जिल्लामा आयोजना गरिनेछ। प्रतियोगितामा ३२ खेलका ३८४ स्पर्धा समावेश छन्। सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघको टोली गरी ११ टोलीका खेलाडीले ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। औपचारिक उद्घाटनअघि नै १२ खेलका १४ स्पर्धा सुरु हुनेछन्। तीमध्ये आठ खेलका नौ स्पर्धा उद्घाटन समारोहअघि नै सम्पन्न हुनेछन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार खेलाडी, प्राविधिक, पदाधिकारी र समर्थकको आवास, खानपान तथा यातायात व्यवस्थापनलाई सहज बनाउन केही खेलका प्रतिस्पर्धा उद्घाटनअघि नै सञ्चालन गर्ने निर्णय गरिएको हो। मंगलबारदेखि पुरुष तथा महिला क्रिकेट सुर्खेतस्थित क्रिकेट मैदानमा सुरु हुँदैछन्। दुवै विधाको फाइनल खेल मंसिर १५ गते अर्थात् उद्घाटन समारोहभन्दा एक दिनअघि हुनेछ। महिला बास्केटबल पनि मंगलबारदेखि सुर्खेतको मुख्य रंगशालास्थित कोर्टमा सुरु हुनेछ। यसको प्रतिस्पर्धा मंसिर १३ गतेसम्म चल्नेछ। त्यस्तै, बर्दियामा टेनिस र सुर्खेतको मुख्य रंगशालामा पुरुष फुटबल सुरु हुनेछ। टेनिसका प्रतिस्पर्धा मंसिर १४ गते सकिनेछन् भने पुरुष फुटबल मंसिर १७ गतेसम्म सञ्चालन हुनेछ। फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा आयोजना गरिने कार्यक्रम छ। नेपालगञ्जस्थित पौडी पोखरीमा पौडीका प्रतिस्पर्धा पनि मंगलबारदेखि सुरु हुनेछन्। पौडीका खेल मंसिर ११ गते नै सम्पन्न हुनेछन्। यसअघि नै बक्सिङका प्रतिस्पर्धा मंसिर ९ गतेदेखि सुर्खेतस्थित मुख्य कभर्डहलमा सुरु हुनेछन्। जिम्न्यास्टिक मंसिर १० गतेदेखि सुर्खेतको मिनी कभर्डहलमा सञ्चालन हुनेछ। त्यस्तै, फुल कन्ट्याक्ट कराँते मंसिर ११ गतेदेखि सुर्खेतस्थित ब्याडमिन्टन कभर्डहलमा र शारीरिक सुगठन सोही दिन रुकुम पश्चिमको चौरजहारीमा सुरु हुनेछ। शारीरिक सुगठनका प्रतिस्पर्धा मंसिर १२ गते सम्पन्न हुनेछन्। कराँते, तेक्वान्दो, पुरुष बास्केटबल र ई–स्पोर्ट्सका प्रतिस्पर्धा पनि औपचारिक उद्घाटनअघि नै सुरु हुनेछन्। ई–स्पोर्ट्सको प्रतिस्पर्धा उद्घाटनकै दिन सम्पन्न हुनेछ भने अन्य खेलका प्रतिस्पर्धा उद्घाटनपछि पनि जारी रहनेछन्। प्रतियोगितामा सात प्रदेशका साथै नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सहभागी हुनेछन्। गैरआवासीय नेपाली संघको टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछ। प्रतियोगितामा एथलेटिक्स, कराँते, बास्केटबल, कुस्ती, कबड्डी, ब्याडमिन्टन, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, शारीरिक सुगठन, क्रिकेट, टेबलटेनिस, फुटबल, बुद्धिचाल, ह्यान्डबल, हकी, जुडो, ई–स्पोर्ट्स, खो–खो, स्क्वास, रग्बी, सुटिङ, पौडी, साइक्लिङ, तेक्वान्दो, टेनिस, भलिबल, आर्चरी, उसु, जिम्न्यास्टिक, भारोत्तोलन र सेपाकताक्रो गरी ३२ खेल समावेश छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाँकेको चिसापानीमा जात्राका क्रममा झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर
Latest NewsJust now

बाँकेको चिसापानीमा जात्राका क्रममा झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ । मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले एक स्थानीयमाथि कुटपिट गर्नुका साथै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान करिब ४ बजे चिसापानीमा १५ जनाको समूहले स्थानीय बानियाभार निवासी ४२ वर्षीय प्रेमबहादुर थापामाथि ...

केन्द्रबिन्दु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । राष्ट्र बैंकले तोकेको दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपेली तथा अन्य प्रमुख पश्चिमा मुद्राहरूको विनिमय दर पनि महँगो देखिएको छ । आज युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ...

लुम्बिनी सञ्चार
अयोध्या- जनकपुर चल्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतको भव्य तयारी (तस्बिरहरु)
Latest NewsJust now

अयोध्या- जनकपुर चल्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतको भव्य तयारी (तस्बिरहरु)

जनकपुरधाम– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनपछि अयोध्या धामबाट सोमबार दिउँसो १२ः३० बजे प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने […] ...

काठमाण्डुपाटी
गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी, एक विद्यालयको छाना उडायो
Latest NewsJust now

गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी, एक विद्यालयको छाना उडायो

असोजको बाढीबाट विस्थापित स्थानीयहरू मंगलबार बिहानदेखि चलेको भीषण हावाहुरीका कारण घरभित्रै बस्न बाध्य भएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement