Saturday, November 21, 2026||
MultiKhabarMultiKhabar

ह्यारी केन केही महिना मैदानबाहिर रहने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्यारी केन केही महिना मैदानबाहिर रहने
Photo / Coverage: हिमालय टाइम्स

म्युनिख । इंग्ल्याण्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन बायाँ गोलीगाँठाको लिगामेन्ट च्यातिएपछि केही महिनाका लागि मैदानबाहिर रहने हुनुभएको छ । बायर्नले कोलोनसँग खेलेको जर्मन बुन्डेसलिगा खेलमा चोट लागेपछि केनले आगामी केही महिना खेल्न नसक्ने जनाएको हो । बायर्न म्युनिख र कोलोनबीचको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २०औँ मिनेटमा कोलोनका डिफेन्डर जोएल स्मिडसँगको टक्करपछि केन घाइते हुनुभएको थियो । चोट लागेपछि पनि उहाँले केही समय खेललाई निरन्तरता दिने प्रयास गर्नुभएको थियो । तर, लङ्गडाउँदै मैदान बाहिरिन बाध्य भएपछि उहाँको स्थानमा टम बिशोफ मैदान प्रवेश गर्नुभएको थियो । बायर्नले जारी गरेको विज्ञप्तिमा केनको बायाँ गोलीगाँठामा रहेको ‘सिन्डेस्मोटिक लिगामेन्ट’ च्यातिएको पुष्टि गरिएको छ । उक्त चोटका कारण उहाँ आगामी केही महिना मैदानबाहिर रहने क्लबले जनाएको छ । यो चोट गोलीगाँठाको हड्डीलाई स्थिर राख्न मद्दत गर्ने लिगामेन्टमा लागेको हो । गत महिना विश्वकै उत्कृष्ट फुटबल खेलाडीका रूपमा बालोन डी’ओर अवार्ड जित्नुभएका केनको चोटले बायर्न म्युनिखसँगै इंग्ल्याण्डको राष्ट्रिय टोलीलाई पनि धक्का लागेको छ । केनको चोटकै दिन इंग्ल्याण्डले नेसन्स लिगको क्वाटरफाइनलमा नर्वेसँग खेल्ने भएको थियो । दुई टोलीबीचको क्वाटरफाइनलका दुवै लेग आगामी मार्च २७ र ३० मा हुने तालिका छ । चोटको गम्भीरताका कारण केनले उक्त खेल गुमाउने सम्भावना छ । यद्यपि, उहाँ कहिले मैदान फर्कने भन्ने विषयमा बायर्नले निश्चित समयसीमा तोकेको छैन । केनले यसै महिना क्रोएसिया र स्पेनविरुद्धको जितमा इंग्ल्याण्डका लागि गोल गर्नुभएको थियो । ती जितसँगै इंग्ल्याण्ड नेसन्स लिगको आफ्नो समूहमा शीर्ष स्थानमा रहन सफल भएको थियो । यसै क्रममा केनले इंग्ल्याण्डको पुरुष राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत तोड्नुभएको थियो । ३३ वर्षीय केन यस सिजन बायर्न म्युनिखका लागि उत्कृष्ट लयमा हुनुहुन्थ्यो । उहाँले बुन्डेसलिगाका १० खेलमा चार गोल गर्नुका साथै आठ गोलका लागि अवसर सिर्जना गर्नुभएको छ । त्यस्तै, च्याम्पियन्स लिगका चार खेलमा चार गोल र तीन असिस्ट गर्नुभएको छ । केन सन् २०२३ को अगस्टमा टोटनहम हटस्परबाट जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध हुनुभएको थियो । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली फुटबलको प्रतिबन्ध हट्ने बाटो खुल्यो
Latest NewsJust now

नेपाली फुटबलको प्रतिबन्ध हट्ने बाटो खुल्यो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको अन्तर्राष्ट्रिय निलम्बन फुकुवाका लागि सकारात्मक संकेत दिएको छ । तर, त्यसका लागि वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङकै नेतृत्वमा एन्फाको तहगत निर्वाचन सम्पन्न गर्नुपर्ने शर्त राखेको छ । बिहीबार थाइल्याण्डको बैंककमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिबीच भएको छलफलमा सहमति ...

हिमालय टाइम्स
सन्तोषी श्रेष्ठलाई दुई स्वर्ण, दुवैमा कोर्स रेकर्ड
Latest NewsJust now

सन्तोषी श्रेष्ठलाई दुई स्वर्ण, दुवैमा कोर्स रेकर्ड

काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा आयोजित १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा दुई विधामा कोर्स रेकर्डसहित स्वर्ण पदक जित्नुभएको छ । हुलुमालेस्थित सेन्ट्रल पार्कमा आयोजित प्रतियोगितामा सन्तोषीले महिला हाफ म्याराथन र पाँच किलोमिटर दौडमा स्वर्ण जित्नुभएको हो । उहाँले हाफ म्याराथन एक घण्टा २६ मिनेट ३९ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्ड बनाउनुभयो । यसअघि पनि दुवै ...

हिमालय टाइम्स
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
Latest NewsJust now

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल)मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ । त्यसमध्ये छनोट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन् । नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतका लागि प्रस्ताव माग गरिएको थियो । एनएफएलका कमिश्नर राजु घिसिङले भन्नुभयो, ‘आठ शहर लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव ...

हिमालय टाइम्स
कस्तो छ आइतबारको दिन तपाईको ?
Latest NewsJust now

कस्तो छ आइतबारको दिन तपाईको ?

२०८३ मंसिर ६ गते आइतबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play