Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि

होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि

Share:WhatsAppFacebookX (Twitter)Telegram
होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि

रसुवा।नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार बाढीका कारण नागरिकतालगायत महत्वपूर्ण काजगात नष्ट भएका बाढी प्रभावितको राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा ढिलाइ नहोस् भनी अस्थायी बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको हो। यसै सन्दर्भमा नुवाकोटस्थित पिपलटार होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका उत्तरगया–१ का २०२ जना बाढी प्रभावितले नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन फाराम संकलन गरी यही आइतबार सदरमुकाम धुन्चे ल्याएको प्रजिअ पाण्डेले बताए। स्थलगत रुपमा संकलन गरिएका आवेदन फारामको अध्ययन तथा प्रमाणीकरण गरी निकालिने प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पारे। जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गाउँपालिका प्रमु्ख माधव अर्यालले जानकारी दिए। प्रमुख अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमशः उपलब्ध गराउँदै लगिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बेनीघाट – आरुघाट – लार्के सडक १५ दिनपछि सुचारु
ताजा खबरJust now

बेनीघाट – आरुघाट – लार्के सडक १५ दिनपछि सुचारु

गुणबहादुर रोका सुलीकोट ( गोरखा ), कात्तिक ९ गते । बूढीगण्डकी नदीमा आएको बाढीले अवरुद्ध बेनिघाट – आरुघाट – लार्के सडक १५ दिनपछि सुचारु भएको छ । धार्चेको खोर्लावेशी देखि तातोपानी क्ष... ...

गोरखापत्र
सङ्घीय संसद्‍मा ३६ विधेयक विचाराधीन, थप ७ नयाँ विधेयक दर्ता
ताजा खबरJust now

सङ्घीय संसद्‍मा ३६ विधेयक विचाराधीन, थप ७ नयाँ विधेयक दर्ता

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। तीमध्ये प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। संसद् सचिवालयका... ...

रातोपाटी
सभामुख अर्यालसँग अमेरिकी संसदीय टोलीको भेट
ताजा खबरJust now

सभामुख अर्यालसँग अमेरिकी संसदीय टोलीको भेट

काठमाडौं।सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। त्यस अवसरमा उनीहरुबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायतका साझा चासोका विषयमा विचार आदानप्रदान भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। सो अवसरमा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play