काठमाडौं । होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई हटाउने निर्देशनको विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई सरकारले स्थान खाली गर्न निर्देशन दिएको भन्दै शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन भएको हो । जबरजस्ती उठिबास र भूमिहीन सुकुम्बासीप्रतिको अमानवीय व्यवहार विरुद्ध नागरिक एक्यबद्धता लेखिएको व्यानरमा भएको प्रदर्शनमा जाडो समयमा सुकुम्वासी परिवारलाई उठिवास लगाउने निर्णय फिर्ता लिन माग गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले घर खोस्ने शासक चाहिँदैन, जनविरोधी निर्णय मान्दैन, भूमिको अधिकार जिन्दावाद!, विकासको नाममा उठीबास बन्द गर, गरिब माथिको ज्यादती बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले सुकुम्वासीहरुका लागि दीर्घकालीन समाधान खोज्न आग्रहसमेत गरेका छन् ।
होल्डिङ सेन्टरबाट हटाउने तयारीपछि सुकुम्वासी परिवार माइतीघरमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






