होर्मुज जलडमरूमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर विस्फोट

होर्मुज जलडमरूमध्यको दक्षिणतर्फ रहेको ‘अनधिकृत’ मार्गबाट अघि बढ्ने प्रयास गरिरहेका दुईवटा विशाल तेलवाहक जहाज शुक्रबार नौसैनिक बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएका छन्। रणनीतिक रूपमा महत्त्वपूर्ण उक्त जलमार्गमा एक दिनअघि पनि सुरक्षा घटना भएको खबर सार्वजनिक भएको थियो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)को नौसेनाका अनुसार, विस्फोटका कारण दुवै जहाजका इन्जिन कक्षमा आगलागी भएको र जहाजहरू रोकिएको नौसेनाले जनाएको छ। आईआरजीसीको आधिकारिक समाचार माध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको हो। आईआरजीसीको नौसेनाका अनुसार, ती दुई तेलवाहक जहाजमा कुल ४५ लाख ब्यारेलभन्दा बढी कच्चा तेल लोड गरिएको थियो। विस्फोटपछि दुवै जहाजका चालक दलका सदस्यहरूले जहाज छाडेका थिए। यसअघि शुक्रबार नै अर्धसरकारी समाचार संस्था तस्निमले आईआरजीसीको नौसेनानिकट एक स्रोतलाई उद्धृत गर्दै होर्मुज जलडमरूमध्यमा नियम उल्लङ्घन गर्ने जहाजहरूको आवागमन ‘पूर्ण रूपमा रोकिएको’ जनाएको थियो। इरानले त्यस्ता जहाजलाई सहयोग गर्ने नेभिगेसन प्रणालीहरू नष्ट गर्नुका साथै बिहीबार जलमार्गमा चारवटा ‘नियम उल्लङ्घन गर्ने’ तेलवाहक जहाजलाई निशाना बनाएको समाचारमा उल्लेख थियो। ‘जलडमरूमध्यमा तेल तस्करी पुनः सुरु भएमा नियम उल्लङ्घन गर्ने जहाजहरू र तिनलाई सहयोग गर्ने प्राविधिक प्रणालीविरुद्ध अझ कडा कारबाही गरिनेछ,’ ती अधिकारीले बताए। फेब्रुअरी २८ देखि इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो। इरानी भूभागमा इजरायल र अमेरिकाले संयुक्त रूपमा आक्रमण गरेपछि इरानले ती दुई देशका वा तिनसँग सम्बन्धित जहाजहरूलाई सुरक्षित रूपमा आवतजावत गर्न रोक लगाएको थियो। यसैबीच, उक्त जलमार्गमा तनाव थप बढिरहेका बेला बेलायतको समुद्री व्यापार सञ्चालन निकाय (यूकेएमटीओ) ले बिहीबार साँझ ओमानको लिमाह क्षेत्रबाट सात समुद्री माइल उत्तरपूर्वमा भएको घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ। यूकेएमटीओका अनुसार, होर्मुज जलडमरूमध्य हुँदै बाहिरिँदै गरेको एउटा तेलवाहक जहाजलाई अज्ञात वस्तुले प्रहार गरेको रिपोर्ट प्राप्त भएको थियो। उक्त घटनाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

देशको स्वाभिमानमा आँच आए टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशको स्वाभिमानमा आँच पुर्याउने काम हुँदा आफूहरू टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले राष्ट्रिय हितमा आघात पुग्ने र देशको स्वाभिमानमा आँच आउने गतिविधिलाई स्वीकार गर्न नसकिने बताएका हुन् । उनले राष्ट्रियताबारे जनचेतना र जागरण अभिवृद्धि गर्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताए । राष्ट्रियता, संविधानको ...

माधव नेपालको चुनौती- पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरुलाईलाई उक्त चुनौती दिएका हुन् । उनले मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताए। तथ्यले पुष्टी भएमा केही गर्न नसकेको स्वीकार गर्न आफूहरु तयार रहेको उनको ...

धानको बाला झुल्यो खेतैमा… (तस्वीरहरू)
किसानको मिहेनत धानको बालामा लहलहै देखिन्छ । तिहार अगाडीनै धान काट्ने धमाधम हुने देखिन्छ । मौसम खुलेको छ । आकाश निलो छ । हिमाल देखिन्छ । यहिबेला धान खेती भएका फाँट हेरिरहुँ लाग्ने देखिन्छ । ...

एमालेसँग मिल्ने कि नमिल्ने ? प्रचण्डले दिए यस्तो जवाफ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्ने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । शनिबार काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टी र एमालेको राजनीतिक दृष्टिकोण तथा कार्यशैली फरक रहेको बताएका हुन् । उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध उभिएको ...


