Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

होण्डाको ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
होण्डाको ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत हरेक प्रदेशबाट एक-एक गरी विजेताहरु छनोट गर्ने जनाएको थियो। चाडपर्वको उल्लाससँगै समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै होण्डाले यस वर्ष ‘सहयोगको संकल्प’ नामक विशेष योजना सञ्चालन गरेको छ। यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ। यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष भनेको विजेताहरुले जति रकम प्राप्त गर्छन्, होण्डा नेपालले सोही बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको थियो। यसै योजना अन्तर्गत लक्की ड्र मार्फत सातै प्रदेशबाट पहिलो ३ हप्ताको विजेताहरु छनोट गरि कम्पनीले सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार पहिलो हप्ताका विजेताहरूमा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (रु. १०,०००), प्रदेश २ बाट अफजल मियाँ (रु. १,००,०००), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (रु. १०,०००), प्रदेश ४ बाट बिज्ञान लामा (रु. १०,०००), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (रु. १०,०००), प्रदेश ६ बाट पदमबहादुर शाही (रु. ५०,०००) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (रु. १०,०००) रहेका छन्। त्यस्तै, दोस्रो हप्ताका विजेताहरूमा प्रदेश १ बाट विकासकुमार यादव (रु. १०,०००), प्रदेश २ बाट सुन लामा (रु. १०,०००), प्रदेश ३ बाट राजु महर्जन (रु. २५,०००), प्रदेश ४ बाट बलराम थापा (रु. ५०,०००), प्रदेश ५ बाट पुष्पा थारु (रु. १०,०००), प्रदेश ६ बाट मानसिंह दाहाल (रु. १,००,०००) तथा प्रदेश ७ बाट विनिता पाठक (रु. १०,०००) रहेका छन्। यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राई (रु. ५०,०००), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव (रु. १०,०००), प्रदेश ३ बाट दिशान्त विष्ट (रु. १०,०००), प्रदेश ४ बाट मनोज घिमिरे (रु. १०,०००), प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी (रु. १०,०००), प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (रु. १०,०००) र प्रदेश ७ बाट जुजेस्टर राणा (रु. १०,०००) विजयी भएका छन्। कम्पनीले सम्पूर्ण विजेताहरुलाई उनीहरुले जितेको रकम हस्तान्तरण गर्नुका साथै आफ्नो ‘सहयोगको संकल्प’ अनुरुप सोही बराबरको थप रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। यसैबीच, ग्राहकहरूको अभूतपूर्व उत्साह र मायालाई ध्यानमा राख्दै कम्पनीले यो योजना आगामी मंसिर १४ गते (३० नोभेम्बर) सम्मका लागि थप गरिएको जानकारी दिएको छ। यसबाट अझ धेरै ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्। स्याकार ट्रेडिङ्ग कम्पनीले सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै, होण्डा ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाएको अपार माया र विश्वासका लागि कृतज्ञता व्यक्त गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्वको महिनामा कर्णाली सरकारको खर्च ३२ करोड ३६ लाख !
Latest NewsJust now

चाडपर्वको महिनामा कर्णाली सरकारको खर्च ३२ करोड ३६ लाख !

सुर्खेत। कर्णाली प्रदेश सरकारले कात्तिक महिनाभर ३२ करोड बराबर रुपैयाँ खर्च गरेको छ। असोज मसान्तसम्म २ अर्ब ५४ करोड ८६ लाख ३४ हजार बराबर बजेट खर्च गरेको सरकारले कात्तिकमा ३२... ...

रातोपाटी
गोरखाकाे धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु
Latest NewsJust now

गोरखाकाे धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु

गोरखा । धार्चेका ६०० घरधुरीमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु भएको छ । धार्चे गाउँपालिका– १ र ३ करिब ६०० घरधुरीमा सोमबारदेखि विद्युत् सेवा सुचारु भएको हो । बुढीगण्डकीमा आएको बाढीका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमको टावरमा विद्युत् सेवा जडान भएपछि सञ्चार सेवा पनि सुचारु भएको त्यहाँका वडाध्यक्ष सरोज गुरुङले जानकारी दिए । ...

केन्द्रबिन्दु
अधिवक्ता परीक्षाको परीक्षा केन्द्रसम्बन्धी निर्णयविरुद्ध सर्वोच्चमा रिट
Latest NewsJust now

अधिवक्ता परीक्षाको परीक्षा केन्द्रसम्बन्धी निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ। नेपाल कानून व्यवसायी परिषद्ले ३५औँ अधिवक्ता परीक्षाका लागि प्रदेशगत परीक्षा केन्द्र निर्धारण गर्न न्यूनतम ५०० जना परीक्षार्थी हुनुपर्ने मापदण्ड राखेको निर्णयविरुद्ध ६ प्रदेशका १० जना परीक्षार्थीले सर्वोच्च अदालतमा रिट... ...

रातोपाटी
लायन्स क्लब रोल्पाद्वारा बाढी पीडितलाई १६ लाख सहयोग
Latest NewsJust now

लायन्स क्लब रोल्पाद्वारा बाढी पीडितलाई १६ लाख सहयोग

भरत विकरोल्पा, मंसिर १ गते । लायन्स क्लब अफ रोल्पाले बाढीपहिरोबाट प्रभावित रोल्पाका विभिन्न क्षेत्रका पीडित परिवारलाई करिब १६ लाख रुपियाँ बराबरको राहत सामग्री वितरण गरेको छ।क्लबले... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play