हेटौँडामा ४२ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो करिब १ः३५ बजे हेटौँडाबाट बारातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बि .आर. १ ए.पी ६०७३ नम्बरको गाडी जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो।

प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीसहित खटिएको चेकजाँच टोलीले शङ्का लागेर उक्त गाडी जाँच गर्दा गाडीको बोनट, चालकको सिटमुनि खुट्टा राख्ने स्थान तथा चालकपट्टिको छेउमा रहेको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा १९ वटा पोकामा प्याक गरिएको गाँजा फेला पारेको थियो।

प्लास्टिकसहितको तौल उल्लेख गरिएको विवरणअनुसार बरामद गाँजाको शुद्ध तौल ४२ किलो ४१० ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला, महुवा टोल निवासी करिब २५ वर्षीय बिर्जु कुमार राय र सोही स्थानका करिब २६ वर्षीय मन्जय कुमार राय रहेका छन्। बिर्जु गाडीचालक हुन् भने मन्जय सोही गाडीमा सवार थिए।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेशको बाटो खुल्दै, सरकारले दियो आशय पत्र
सरकारले सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने उद्देश्यले विद्युत् व्यापारको तयारीका लागि निजी कम्पनीहरूलाई आशय पत्र (लेटर अफ इन्टेन्ट-एलओआई) प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार निजी क्षेत्रलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता पहिचान र व्यापारिक साझेदारीका लागि आवश्यक तयारी अघि बढाउने बाटो खुलेको हो। नेपालमा जलविद्युत् उत्पादनमा निजी क्षेत्रको लगानी विस्तार भइरहेका बेला सरकारले ...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रीम इनर्जी ड्रिंकको चाँदीको बल
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिंकले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्न थालेको छ। कम्पनीले खेलाडीको व्यक्तिगत कौशल, मेहनत र प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एक्स्ट्रीम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने व्यवस्था गरेको हो। आठ टोली सहभागी प्रतियोगितामा एक्स्ट्रीम इनर्जी ड्रिंकले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। कम्पनीले प्रायोजन गरेका टोलीका उत्कृष्ट ...

१२ देखि १४ गते तीन दिन पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह
उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण हिमपात, हिमआँधी र हिम पहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि अध्यागमन विभागले तीन दिनका लागि जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने निर्णय गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम प्रतिकूल रहने सम्भावना देखिएकाले उक्त अवधिमा जोखिमयुक्त क्षेत्रमा जाने पदयात्री तथा विदेशी पर्यटकलाई अनुमति प्रदान गरिने छैन। मौसमसम्बन्धी ...

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह
१० कात्तिक, काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ । विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र… ...