Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

हूती विद्रोहीले दियो साउदी अरबलाई धम्की, लाल सागरका बन्दरगाह निशानामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हूती विद्रोहीले दियो साउदी अरबलाई धम्की, लाल सागरका बन्दरगाह निशानामा
Photo / Coverage: अनलाइनपाना

काठमाडौँ । यमनका हूती विद्रोहीले साउदी अरबको जेद्दाहसहित लाल सागर तटमा रहेका अन्य बन्दरगाहलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन्। हूती विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले यमनको रास इसा बन्दरगाहमा भएको आक्रमणको जवाफस्वरूप साउदी अरबका बन्दरगाहमाथि आक्रमण हुन सक्ने बताएका हुन्। बीबीसी उर्दूका अनुसार साउदी नेतृत्वको गठबन्धन सेनाले रास इसा बन्दरगाह खाली गर्न आग्रह गरेपछि हूती विद्रोहीले यस्तो चेतावनी दिएका हुन्। यसले साउदी अरब र हूती विद्रोहीबीचको तनाव थप चुलिने संकेत देखिएको छ। याह्या सारीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको वक्तव्यमा साउदी अरबका बन्दरगाहमा कार्यरत कर्मचारी तथा जहाज सञ्चालन गर्ने कम्पनीहरूलाई ती क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्। उनले सम्बन्धित बन्दरगाहमा कार्यरत कर्मचारीलाई तत्काल कार्यस्थल खाली गरी सुरक्षित स्थानमा जान निर्देशन दिएका छन्। त्यस्तै, शिपिङ कम्पनीहरूलाई आफ्ना जहाज साउदी अरबका बन्दरगाहबाट हटाउन चेतावनी दिएका छन्। पछिल्लो समय साउदी अरब र हूती विद्रोहीबीच आर्थिक तथा पूर्वाधारसँग सम्बन्धित संरचनालाई निशाना बनाएको आरोप–प्रत्यारोप चलिरहेको छ। रास इसा बन्दरगाहमा भएको आक्रमणपछि दुवै पक्षबीच तनाव थप बढेको देखिएको छ। हूती विद्रोहीका प्रवक्ताले दिएको चेतावनीबारे साउदी अधिकारीहरूले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कमसल मदिरा नै मृत्युको प्रमुख कारक
Latest NewsJust now

कमसल मदिरा नै मृत्युको प्रमुख कारक

तिलाचन पाण्डेगुल्मी, मङ्सिर १३ गते । इस्मा गाउँपालिका वडा नम्वर दुईका ७१ वर्षीय लालबहादुर कुमार शुक्रबार दिउँसो तम्घासको एक होटलमा बास बस्नुभयो ।रेसुङगा नगरपालिका वडा नम्बर २ उदिनढ... ...

गोरखापत्र
म अझै पनि कांग्रेस सभापति हुँ: शेरबहादुर देउवा
Latest NewsJust now

म अझै पनि कांग्रेस सभापति हुँ: शेरबहादुर देउवा

सुर्खेत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नै पार्टीको वैधानिक सभापति रहेको दाबी गरेका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै देउवाले आफूले राजीनामा नदिएको र विधानबमोजिम दुईतिहाइ बहुमतबाट पनि नहटाइएकाले आफू नै आधिकारिक सभापति रहेको जिकिर गरे। पार्टीको आधिकारिकतासम्बन्धी विवाद हाल अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले न्यायालयले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरे। उनले भने, ‘जस्तोसुकै ...

नेपालन्युज
पहाडका सडक बसाइँसराइको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की
Latest NewsJust now

पहाडका सडक बसाइँसराइको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की

पाँचथर, मङ्सिर १३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडमा निर्माण भएका सडक बसाइँसराइको माध्यम बन्न नहुने बताउनुभएको छ ।कालोपत्र सडक बनेपछि पनि बसाइँ सर्नेक्रम... ...

गोरखापत्र
अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द
Latest NewsJust now

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

नियामक निकायले बैंकका निक्षेपकर्ताको रकम सुरक्षित रहेको जनाएको छ। अमेरिकी निक्षेप बीमा व्यवस्थाअनुसार प्रतिखातावालाको २ लाख ५० हजार डलरसम्मको निक्षेप बीमित हुन्छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement