Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार
Photo / Coverage: नेपालन्युज

राँझा (बाँके)। हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज भएको छ । सडक सञ्जाल विस्तार भएपछि राप्ती सोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर क्षेत्रका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउजाउ गर्न सहज भएको छ । हुलाकी सडकले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका क्षेत्रलाई नेपालगञ्जसँग सिधा जोडेको छ । विगतमा दुर्गम मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए । “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उनले भने, “हुलाकी सडक नरैनापुरवासीका लागि जीवनरेखा बनेको छ।” उनका अनुसार बाँकेमा राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज-गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्वतर्फ १० किलोमिटर हुलाकी सडक निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज भएको हो । हुलाकी सडक निर्माणसँगै राप्ती नदीपारिका बैजापुर, बिनौना र फत्तेपुर क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि बढेको राप्ती सोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए। “हुलाकी सडक बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन् । व्यावसायिक कारोबार बढेको छ,” उनले भने, “मानिसको आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसाय पनि फस्टाउँदै गएका छन् ।” सडक निर्माणपछि राप्तीपारिका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आवागमन पनि बढेको उहाँले बताए। बैजापुरस्थित प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी तथा बिनौनास्थित धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्न जानेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । हुलाकी सडकसहितका पूर्वाधार विकासले सोनारी क्षेत्रका बासिन्दाको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी-५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर विष्टले बताए। नेपालगञ्ज-बघौडा हुलाकी सडकसँगै राप्ती सोनारी गाउँपालिका-६ को कुण्डादेखि नारायणपुर हुँदै अगैयामा पूर्व-पश्चिम राजमार्ग जोड्ने सडक विस्तार भएपछि साना तथा ठूला सवारी साधनको आवागमन बढेको उनले बताए। नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्गको तुलनामा यो सडक छोटो पर्ने भएकाले सवारी साधनले उक्त मार्ग प्रयोग गर्न थालेका हुन् । हुलाकी सडकसहितका पूर्वाधार निर्माणले राप्ती सोनारी क्षेत्रमा व्यावसायिक गतिविधि बढाएको स्थानीय अगुवा जमानसिंह वलीले बताए। सडकले बाँकेका बासिन्दालाई विकासको अनुभूति गराएको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको गोप्य सञ्चार सञ्जाल अवरुद्ध
Latest NewsJust now

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको गोप्य सञ्चार सञ्जाल अवरुद्ध

सिएनएन । अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले आन्तरिक सञ्चारका लागि प्रयोग गर्दै आएको अत्यन्त गोप्य सञ्जाल ‘एनएसएनेट’ अवरुद्ध भएको छ । एनएसएनेटमार्फत एजेन्सीका कर्मचारीहरूले गोप्य सूचनाहरू आदानप्रदान गर्दै आएका... ...

रातोपाटी
वडा सदस्यको हस्ताक्षर किर्ते गर्ने गाउँपालिका अध्यक्ष पक्राउ
Latest NewsJust now

वडा सदस्यको हस्ताक्षर किर्ते गर्ने गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं । वडा सदस्यको हस्ताक्षर किर्ते गर्ने गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् । मंगलबार साँझ ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट उनलाई पक्राउ गरिएको हो । विसं २०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक ...

केन्द्रबिन्दु
फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी
Latest NewsJust now

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

दमौली । व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर नौ लाख ४० हजार ४९४ आम्दानी गरेको छ । नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । नगरपालिकाले गत आर्थिक वर्ष २०८२-८३ मा फोहर बिक्रीबाट २७ लाख आम्दानी गरेको थियो । नगरपालिकाले आर्थिक वर्ष २०८१-८२ ...

नेपालन्युज
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

• हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल ल्याएको छ। • आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ, जबकि बाँकी भागको मौसम सफा रहनेछ। • राति पनि कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहनेछ, र ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play