काठमाडौं । वडा सदस्यको हस्ताक्षर किर्ते गर्ने गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् । मंगलबार साँझ ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट उनलाई पक्राउ गरिएको हो । विसं २०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा परेको प्रहरीले जनाएको छ । उक्त उजुरीका आधारमा सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो । सर्लाही जिल्ला अदालतबाट ०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि ५५ वर्षीय गाउँपालिका अध्यक्ष रायलाई आफ्नै घरबाट पक्राउ गरिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वडा सदस्यको हस्ताक्षर किर्ते गर्ने गाउँपालिका अध्यक्ष पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






