Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो। प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म यो सुविधा उपलब्ध हुनेछ। यसअन्तर्गत दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाइनेछ। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको समयबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ। कटैया-कुशाहा, रामनगर-सुरजपुरा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यु नौतनिया-मैनहिया १३२ केभी लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले यस अनुमतिले हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताउनुभयो। रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको हिमबाढीका कारण ४३१ मेगावाट क्षमताका जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेपछि राष्ट्रिय प्रणालीबाट विद्युत् विच्छेद भएको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले हिउँदको तयारी गरेको हो। प्राधिकरणको विश्लेषणअनुसार पुस, माघ, फागुन र चैत महिनामा आन्तरिक उत्पादनभन्दा माग बढी हुने अनुमान छ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट र उच्च मागको समयमा ८०० देखि ९०० मेगावाटसम्म आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणले जनाएको छ। वैशाखदेखि नदीमा पानीको बहाब बढेसँगै आन्तरिक उत्पादन वृद्धि भई निर्यात सुरु हुने अपेक्षा गरिएको छ। यसका अतिरिक्त प्राधिकरणले तीन वटा जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतमा निर्यात गर्ने अनुमतिसमेत पाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वाधार मन्त्रालयले खाइदियो ७ इन्जिनियरको जागिर
Latest NewsJust now

पूर्वाधार मन्त्रालयले खाइदियो ७ इन्जिनियरको जागिर

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सात जना इन्जिनियरलाई... ...

रातोपाटी
सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
Latest NewsJust now

सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

• सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन रायलाई सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ गरिएको छ। • वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँ सभा सञ्चालन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। • प्रहरीले घटनाको अनुसन्धान गर्दै रायमाथि थप कारवाही प्रक्रिया अघि बढाएको छ। ...

नेपालबहस
९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग
Latest NewsJust now

९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित एक निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै पशु विकास अधिकृत डा. सरोज खतिवडासँग स्पष्टीकरण... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play