हिमाली पारिस्थितिक प्रणालीको संरक्षण विश्वकै साझा जिम्मेवारी : सचिव मिश्र

काठमाडौँ । हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनको असर नेपालमा मात्र सीमित नरहने भएकाले यसको संरक्षण क्षेत्रीय र विश्वव्यापी जिम्मेवारी भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताएका छन् । उनले जलवायु परिवर्तनमा न्यून योगदान गरेका देश तथा समुदायले नै यसको ठूलो भार खेप्नुपर्ने अवस्था अन्त्य गर्न अन्तर्राष्ट्रिय सहकार्य, न्यायोचित जलवायु वित्त र प्रविधि हस्तान्तरण आवश्यक रहेको बताए । बिहीबार आयोजित नेसनल क्लाइमेट समिट २०२६ मा बोल्दै मिश्रले हिमाली पारिस्थितिक प्रणालीको जोखिम र संवेदनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा उचित मान्यता दिनुपर्नेमा जोड दिए । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि राष्ट्रिय प्रयाससँगै अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहयोग पनि आवश्यक रहेको उनको भनाइ थियो । उनले जलवायु परिवर्तनसम्बन्धी समाधान निर्माण र कार्यान्वयनमा स्थानीय सरकार तथा समुदायको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै महिला, युवा, आदिवासी जनजाति र स्थानीय ज्ञानका जानकारहरूको नेतृत्व तथा सहभागिता सुनिश्चित गर्नुपर्ने बताए । समिटले हिमाली जलवायु न्याय, क्षति तथा नोक्सानी, जलवायु वित्तमा न्यायोचित पहुँच, अनुकूलन, विपद् उत्थानशीलता, दिगो कृषि, प्रकृतिमा आधारित समाधान र जलवायु उत्थानशील पूर्वाधारका विषयमा साझा धारणा निर्माण गर्ने लक्ष्य राखेको छ । सम्मेलनमा सरकार, अनुसन्धान क्षेत्र, नागरिक समाज, निजी क्षेत्र, लगानीकर्ता, स्थानीय सरकार तथा विभिन्न समुदायका प्रतिनिधिको सहभागिताले नेपालको जलवायु प्राथमिकताबारे साझा बुझाइ विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । मिश्रले सम्मेलनबाट प्राप्त आवाज, प्राथमिकता र सामूहिक पैरवीलाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) सम्म पुर्याउने लक्ष्य रहेको बताए । नेपालले सन् २०४५ सम्म खुद शून्य उत्सर्जन हासिल गर्ने लक्ष्यसहित वन संरक्षण, नवीकरणीय ऊर्जा, जलवायु अनुकूलन तथा उत्थानशील विकासका क्षेत्रमा काम गरिरहेको पनि उनले उल्लेख गरे । हिमालयमा हुने परिवर्तनको प्रभाव नेपालको सीमाभन्दा बाहिरसम्म पर्ने भएकाले यसको संरक्षणमा साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो । सम्मेलनले साझेदारी सुदृढ गर्दै व्यावहारिक समाधान पहिचान गर्ने र दुर्गम बस्ती, साना किसान तथा जलवायु जोखिममा रहेका समुदायसम्म सहयोग पुर्याउन प्रतिबद्धता जुटाउने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

चैतयता १२० वटा फर्म तथा कम्पनी सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरुप ती फर्म तथा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मातहत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन र प्रक्... ...

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन
रोम। शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौं विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्। सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन्। विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र बढ्दो महँगीको विरोध ...
चैतदेखि यता १२० निर्माण व्यवसायी र कम्पनी कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेहि र विश्वसनीय बनाउने सरकारको नीतिअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री... ...

अर्नब चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)
काठमाडौँ। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण काठमाडौँ उपत्यकामा दिनभरजसो भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । शुक्रबार... ...


