काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज आंशिक बदली रहने जनाएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। त्यस्तै, राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on नेपालन्युज





