Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

आज गुरु नानक जयन्ती मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज गुरु नानक जयन्ती मनाइँदै
Photo / Coverage: पर्दाफास

सिख धर्मावलम्बीहरूले आज गुरु नानक देवको जन्मजयन्तीका अवसरमा गुरु नानक जयन्ती मनाउँदैछन् । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन मनाइने यो पर्व सिख धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्वमध्ये एक हो । सिख धर्मका संस्थापक गुरु नानक देवको जन्म सन् १४६९ मा पाकिस्तानको पञ्जाबस्थित तलवण्डी (हाल ननकाना साहिब) मा भएको मानिन्छ । उनले मानवता, समानता, सत्य, सेवा र धार्मिक सहिष्णुताको सन्देश दिएका थिए । गुरु नानकले जातीय, धार्मिक तथा सामाजिक विभेदको विरोध गर्दै सबै मानिस समान रहेको शिक्षा दिएका थिए । उनले इमानदारीपूर्वक श्रम गर्ने, आफूले कमाएको बाँडेर खाने र ईश्वरको स्मरण गर्ने सिद्धान्तलाई जोड दिएका थिए । जयन्तीका अवसरमा सिख धर्मावलम्बीहरूले गुरुद्वारामा विशेष प्रार्थना, भजन–कीर्तन, धार्मिक प्रवचन तथा शोभायात्रा आयोजना गर्ने गर्दछन् । गुरुद्वाराहरूमा गुरु ग्रन्थ साहिबको पाठ गरिनुका साथै श्रद्धालुहरूलाई लङ्गर अर्थात् सामूहिक भोजनसमेत गराइन्छ । गुरु नानक जयन्तीलाई प्रकाश पर्वका रूपमा पनि मनाइन्छ । यस दिन गुरुद्वारा तथा घरहरूमा दीप प्रज्वलन गरी सजावट गरिन्छ । गुरु नानकका उपदेश स्मरण गर्दै श्रद्धालुहरूले सेवा, सद्भाव, प्रेम र मानव कल्याणको भावना आत्मसात् गर्ने गर्दछन् । गुरु नानकले दिएको समानता, मानवता र आपसी सद्भावको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । उनको शिक्षाले धार्मिक सहिष्णुता र सामाजिक एकताको भावना प्रवद्र्धन गर्न प्रेरित गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही
OthersJust now

काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ सवारीसाधनमाथि कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ७ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त सङ्ख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो । कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७, सीसीटीभीमार्फत पहिचान भएका ३७, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २९ र तीव्र गतिमा सवारी चलाउने १२२ जना परेका छन् । त्यस्तै, हर्न बजाउने ...

पर्दाफास
बालेनले आज भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूसँग भेटवार्ता गर्दै
OthersJust now

बालेनले आज भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आज दिल्लीमा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। आइतबार दिल्ली पुगेका शाहले भारतीय समयअनुसार सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। आइतबार साँझ शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबिच ताज होटलमा संक्षिप्त वार्ता भएको थियो। आज मोदीसँग करिब आधा घण्टाको वार्तापछि दिउँसो १२ः२५ बजे दुई प्रधानमन्त्रीबिच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस ...

पर्दाफास
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान- निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्
OthersJust now

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान- निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँ दिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया-नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा.वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । उनले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर ...

पर्दाफास
‘आम्बो’ र ‘डल्लै’ मात्र पनि होइन रहेछ कालेबुङ
OthersJust now

‘आम्बो’ र ‘डल्लै’ मात्र पनि होइन रहेछ कालेबुङ

छुदेन काविमोको उपन्यास 'फातसुङ' ले गोर्खाल्यान्ड आन्दोलनको रापताप, लेप्चा तथा अन्य समुदायको अस्मिता, राजनीतिक संघर्ष र भूगोलसँग जोडिएको मानिसको अस्तित्वको लडाइँलाई अत्यन्त मार्मिक ढङ्गले उजागर गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement