Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान- निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान- निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँ दिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया-नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा.वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् ।

उनले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे ।

“सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,” अर्थमन्त्री डा. वाग्लेले भने, “नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।”

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको पनि स्पष्ट पारे ।

उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणको लागि सरकारले विशेष पहल लिइरहेको बताए।

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा।विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेर भारत पुगेका उद्योगी व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी व्यवसायी एवम् प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही
OthersJust now

काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ सवारीसाधनमाथि कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ७ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त सङ्ख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो । कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७, सीसीटीभीमार्फत पहिचान भएका ३७, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २९ र तीव्र गतिमा सवारी चलाउने १२२ जना परेका छन् । त्यस्तै, हर्न बजाउने ...

पर्दाफास
दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्म
OthersJust now

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्म

प्रधानमन्त्री बालेन शाहको भ्रमणको दोस्रो दिन आज सोमबार विभिन्न महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय कार्यक्रम हुँदैछन्। ...

अनलाइन खबर
आज गुरु नानक जयन्ती मनाइँदै
OthersJust now

आज गुरु नानक जयन्ती मनाइँदै

सिख धर्मावलम्बीहरूले आज गुरु नानक देवको जन्मजयन्तीका अवसरमा गुरु नानक जयन्ती मनाउँदैछन् । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन मनाइने यो पर्व सिख धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्वमध्ये एक हो । सिख धर्मका संस्थापक गुरु नानक देवको जन्म सन् १४६९ मा पाकिस्तानको पञ्जाबस्थित तलवण्डी (हाल ननकाना साहिब) मा भएको मानिन्छ । उनले मानवता, समानता, सत्य, सेवा र धार्मिक सहिष्णुताको सन्देश दिएका थिए । गुरु ...

पर्दाफास
कोरोना कहरपछि बन्द भएको निगाले सिमेन्ट अझै सञ्चालनमा आएन
OthersJust now

कोरोना कहरपछि बन्द भएको निगाले सिमेन्ट अझै सञ्चालनमा आएन

७ मंसिर, धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement