हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् । यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०का अनुसार यसको स्थापना कृषक, सरकार र विकास साझेदारबीच करिब एकदशकदेखि जारी सहकार्यको परिणाम हो । जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र बसाइँसराइका कारण हिमाली समुदायले बढ्दो चुनौतीको सामना गरिरहेका बेला यो सञ्जाल स्थापना हुन लागेको हो । महोत्सवमा भुटानका राजा तथा प्रधानमन्त्रीको उपस्थिति रहने इसिमोडले जनाएको छ । यो सञ्जाल याक कृषक समुदायबीच सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्षेत्रीय मञ्च हो । कृषकद्वारा स्थापित र उनीहरूकै नेतृत्वमा सञ्चालित विश्व ‘रेनडियर एसोसिएसन’बाट प्रेरित यस सञ्जालको नेतृत्व हिमालय क्षेत्रका याकपालक कृषकले गर्नेछन् । यसको सचिवालय भुटानमा रहनेछ । महोत्सवमा याक तथा चौँरी कृषक महासंघ नेपाल, भुटान याक महासंघ र भारत याक महासंघका साथै नेपाल, भुटान र भारतका सरकारी प्रतिनिधिहरू, अनुसन्धानकर्ता, विकास साझेदार तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ । महोत्सव यही असोज ६ र ७ गते भुटानमा हुँदैछ । याकपालनले हिमाली भेगमा बसोबास गर्ने समुदायको जीविकोपार्जन, संस्कृति र स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछ । तथापि, तीनै याकपालक समुदायले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । इसिमोडका वरिष्ठ पशुपालन तथा चरन क्षेत्र विशेषज्ञ ताशी दोर्जीका अनुसार याकपालक समुदायले खासगरी याक चौँरीको सङ्ख्या घट्दो क्रममा रहेको, चरन क्षेत्रहरू खुम्चिँदै र क्षयीकरण हुँदै गएका, जलवायु परिवर्तनका असरहरू, याकको आनुवंशिक विविधतामा ह्रास, वन्यजन्तुबाट हुने पशुधन क्षति, बजार तथा सेवामा सीमित पहुँच, उच्च पहाडी र हिमाली क्षेत्रबाट युवाको बसाइँसराइजस्ता चुनौतीको सामना गरिरहेका छन् । यी चुनौती राष्ट्रिय सीमाभन्दा परसम्म फैलिएका छन् र तिनको समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक छ । हिमालय याक कृषक सञ्जालले सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सीमापार सहकार्यका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्नेछ । तीनै देशका राष्ट्रिय महासङ्घलाई एकै ठाउँमा ल्याउँदै यस सञ्जालले उत्थानशील जीविकोपार्जनका अवसर विस्तार गर्ने, स्वस्थ चरन क्षेत्रको संरक्षण गर्ने र याकका आनुवंशिक स्रोतको संरक्षणलाई सुदृढ बनाउने लक्ष्य राखेको विशेषज्ञ दोर्जीको भनाइ छ । क्षेत्रीय याक कृषक सञ्जालको परिकल्पना सन् २०१६ मा भएको थियो । त्यसबेला इसिमोडको कञ्चनजङ्घा भू–परिदृश्य संरक्षण तथा विकास पहलमार्फत तीनै देशका याक कृषक, अनुसन्धानकर्ता तथा सरकारी प्रतिनिधि एकै ठाउँमा भेला भएका थिए । सन् २०१८ मा यस क्षेत्रका प्रतिनिधि नर्वेमा आयोजित आर्कटिक फ्रन्टियर्स सम्मेलनमा सहभागी भए र विश्व रेनडियर कृषक सङ्घसँग अन्तरक्रिया गरेका थिए । उक्त सङ्घको सीमापार मोडेलबाट प्रेरित भएर हिन्दुकुश हिमालय क्षेत्रमा पनि यस्तै क्षेत्रीय मञ्च स्थापना गर्ने अवधारणा विकसित भएको हो । त्यसपछि तीनै देशले क्षेत्रीय सञ्जाल स्थापना गर्नुअघि सशक्त राष्ट्रिय महासंघ गठन गर्ने सहमति गरेका थिए । सोहीअनुसार भुटानमा सन् २०२२, नेपालमा सन् २०२३ र भारतमा सन् २०२५ मा राष्ट्रिय महासंघ औपचारिक रूपमा गठन भएका थिए । सन् २०२५ मा भियतनाममा आयोजित विकासशील देशका लागि दिगो पशु कृषिसम्बन्धी दशौँ सम्मेलनमा महासङ्घका नेतृत्वकर्ता र सरकारी प्रतिनिधिले हिमालय याक कृषक सञ्जालको स्थापना गर्ने औपचारिक प्रतिबद्धता जनाएका थिए । भुटानको रोयल हाइल्यान्ड महोत्सवमा हुन लागेको यो शुभारम्भ हिमालयका याक कृषक समुदाय र उनीहरूका साझेदारबीच करिब एकदशकदेखि हुँदै आएको सहकार्यको महत्त्वपूर्ण उपलब्धि हो । तीन देशमा चरन क्षेत्र र याकपालनको अवस्थाहिन्दूकुश हिमालय क्षेत्रको ६० प्रतिशतभन्दा बढी भू–भाग चरन क्षेत्रले ओगटेको छ । जीविकोपार्जनका लागि प्रत्यक्ष रूपमा निर्भर रहेका दुई करोड ५० लाखदेखि तीन करोड आदिवासी तथा स्थानीय समुदायका लागि चरन क्षेत्र नै प्रमुख स्रोत हो । राष्ट्रिय कृषि गणना ९२०२१/२२० अनुसार, नेपालका नौ हजार ८९९ कृषकले अनुमानित ५३ हजार १९५ याक/नाक/चौँरी पालेका छन् । नेपालको कर्णाली प्रदेशमा मात्रै चरन क्षेत्रले देशको कुल क्षेत्रफलको ३४ प्रतिशत हिस्सा ओगटेको छ । यहाँ ९२ प्रजातिका औषधीय वनस्पति पाइन्छन्, जसमध्ये ८२ प्रजातिको हाल बजारमा सक्रिय रूपमा कारोबार हुन्छ । यी वनस्पतिको व्यापारबाट वार्षिक करिब तीन करोड ६० लाख नेपाली रुपैयाँ आम्दानी हुने गरेको छ । भारतको २०औँ पशुधन गणना (२०१९) अनुसार, देशमा करिब ५८ हजार याक थिए । याक फेडेरेसन अफ इन्डियाका अनुसार, सन् २०२६ मा फेडेरेसनका ५२६ सदस्य घरधुरीसँग करिब ३२ हजार याक छन् । भुटानको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनएसबी) को सन् २०२४ को तथ्याङ्कअनुसार, देशका ७४६ घरधुरीले कुल २९ हजार ४३२ याक पालेका छन् । देशको कुल पशुजन्य उत्पादनमा याकपालनको योगदान चार प्रतिशत रहेको छ । भुटान, भारत र नेपालमा विगतका केही दशकयता भू–उपयोगको बदलिँदो स्वरूप, चरन क्षेत्रको क्षयीकरण, जलवायुजन्य दबाब र सामाजिक–आर्थिक परिवर्तनका कारण याकको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको इसिमोडको तथ्याङ्क छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सञ्चालन
काठमाण्डु– सशस्त्र प्रहरी बलले बडादसैँमा काठमाण्डु उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । निःशुल्क बस […] ...

कसरी हुन्छ बैंक नोट छपाइ र उपयोग ?
स्वदेशमा सुरक्षित मुद्रा छपाइका लागि सेक्युरिटी प्रेस नभएकाले राष्ट्र बैंकले विदेशबाट नोट छपाइ गर्दै आएको छ । विदेशमा छापिएका नोट सुरक्षित ढुवानी, बीमा, भन्सार तथा अन्य आवश्यक औपचारिकता पूरा गरेर नेपाल ल्याइन्छन् । ...

इजरायली चुनावअघि नेतान्याहुलाई ट्रम्पको खुला समर्थन, भने-महान् प्रधानमन्त्री
२ कात्तिक, काठमाडौं । आगामी अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचनको ठीक नौ दिन बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रत्यक्ष तथा औपचारिक रूपमा समर्थन घोषणा गरेका छन् । अमेरिकी र इजरायली कूटनीतिक इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपतिले इजरायली चुनावमा प्रत्यक्ष रूपमा कुनै उम्मेदवारलाई सार्वजनिक समर्थन गरेको यो पहिलो घटना… ...



