हिमाली–पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ। महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। महाशाखाले कात्तिक ८ गते दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने बताएको छ। त्यसैगरी देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जनाएको छ। त्यसैगरी आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ। त्यसैगरी कात्तिक ९ गते सोमबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ। सोही दिन देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

लोप हुँदै ढिकी जाँतो, घर-घरमा साना मिल
भोजपुरका ग्रामीण क्षेत्रमा पनि ढिकी जाँतो लोप हुँदै जान थालेको छ । ...

भारतका 'मोस्ट वान्टेड' ग्याङस्टर हिमांशु भाऊ अमेरिकामा पक्राउ
भारतका 'मोस्ट वान्टेड' ग्याङस्टर हिमांशु भाऊलाई अमेरिकामा एफबीआईले पक्राउ गरेको छ। ...

सामाजिक सञ्जाल व्यवस्थित गर्न नेकपाको सर्कुलर, के–के छन् निर्देशन ?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमको प्रयोगलाई व्यवस्थित बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हालै जारी गरेको सर्कुलरमा पार्टीको प्रचारप्रसार र डिजिटल सञ्चारलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् । पार्टीले सञ्चालन गर्न लागेको दुईमहिने अभियानलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागिएको […] ...

मन्दिरमा चढाउने रोट भक्तजनको रोजाइमा
चामलको पिठो, घिउ, चिनी, नरिवल र विभिन्न मसलाबाट तयार हुने रोटको माग बढेपछि स्थानीय व्यवसायी व्यस्त भएका छन्। ...


