Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हिमालय नेपाल कृषि कम्पनीको पहिलो साधारण सभा सम्पन्न

हिमालय नेपाल कृषि कम्पनीको पहिलो साधारण सभा सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालय नेपाल कृषि कम्पनीको पहिलो साधारण सभा सम्पन्न
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

हिमालय नेपाल कृषि कम्पनीको पहिलो साधारण सभा सम्पन्न

horizontal HD

काठमाडौं । हिमालय नेपाल कृषि कम्पनी लिमिटेडको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरेको छ । सभामा कम्पनीकी अध्यक्ष प्रा.डा. चण्डिका पण्डितले निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसानकेन्द्रित प्रणालीमा रूपान्तरण गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताइन् । प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले कम्पनीको वित्तीय अवस्था, हालसम्मको प्रगति, चुनौती र आगामी योजनाबारे जानकारी दिँदै आर्थिक वर्ष २०८३/८४ मा १८ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य प्रस्तुत गरे। कम्पनीले कृषि उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा निर्यातलाई एकीकृत गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व बढाउने रणनीति अघि सारेको छ। कम्पनीका अनुसार हाल गैरचालु सम्पत्ति चार करोड ८६ लाख रुपैयाँ र चालु सम्पत्ति पाँच करोड ३१ लाख रुपैयाँ गरी कुल सम्पत्ति १० करोड १७ लाख रुपैयाँ पुगेको छ। कम्पनीले सम्भव भएसम्म वार्षिक १० देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने लक्ष्यसमेत राखेको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिंगास्थित कृषि परियोजनालाई विस्तार गर्दै कुखुरापालन, माछापालन, तरकारी उत्पादन, बाख्रापालन र रेस्टुरेन्ट सेवालाई एकीकृत गर्ने योजना कम्पनीले अघि सारेको जनाएको छ। सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनलाई भने वित्तीय अवस्था, संस्थागत सुशासन र नियामकीय योग्यताका आधारमा अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ । The post हिमालय नेपाल कृषि कम्पनीको पहिलो साधारण सभा सम्पन्न appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने
ताजा खबरJust now

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने

स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा आइतबार बसेको संचालक समितिको बैठकले क्याम्पसका... ...

सिंहदरबार न्युज
एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार
ताजा खबरJust now

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

• नेपाल क्रिकेट सङ्घले एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ। • नेपालले युएईलाई हराएर दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको छ, जुन नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हो। • क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको वित्तीय पारदर्शिता र अडिट प्रक्रियामा सुधार भएको जानकारी दिएका छन्। ...

नेपालबहस
एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
ताजा खबरJust now

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ । क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूको एनओसीको सम्बन्धमा समस्या देखिएको छ । यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत... ...

रातोपाटी
पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने
ताजा खबरJust now

पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने

काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् । ३२ वर्षीय नवाज बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलर नवाजलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । नवाजले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पाकिस्तानबाट ९८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९११ रन बनाउनुका साथै बलिङमा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play