Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस । फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली अधिकारीले राजधानी पेरिसका मुख्य भागहरूसहित अन्य प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु लागू गरेका छन्। पेरिस प्रहरीका अनुसार प्रदर्शनकारी भेला भएका ‘प्लेस दे ला रिपब्लिक’ र ‘लेस हालेस’ किनमेल क्षेत्रमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ । साथै, सहरका विभिन्न भागमा बिना अनुमति भेला हुन प्रतिबन्ध लगाइएको छ । फ्रान्सका दक्षिणी सहरहरू मार्से, बोर्दो, निस र लियोनका साथै उत्तरी क्षेत्रका लिल लगायतका स्थानमा युवाको आवतजावत र भीडभाडमा प्रतिबन्ध लगाउने गरी आंशिक कर्फ्युको घोषणा गरिएको हो । विद्यार्थीले विद्यालयको अवस्था सुधारको माग गर्दै गत महिना सुरु गरेको आन्दोलनमा अहिले ट्रेड युनियन तथा अन्य विरोध समूह पनि जोडिएका छन् । प्रदर्शन नियन्त्रण बाहिर जाँदा केही सहरमा प्रहरीको नियन्त्रण गुमेको गृहमन्त्री लोरियान्ट न्युनेजले स्वीकार गरेका छन् । गृहमन्त्री न्युनेजले दिएको राजीनामा राष्ट्रपति इम्यानुएल म्याक्रोंले अस्वीकार गर्दै सुरक्षा निकायको नेतृत्व निरन्तर कायम राख्नुपर्ने बताएका छन् । हालसम्म २ हजार ५ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने करिब १ हजार प्रहरी घाइते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यास र ग्रिनेट लागेर एक प्रदर्शनकारीको हात छिन्नभिन्न भएको जनाइएको छ । प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले संकटकाल घोषणा हुनसक्ने सम्भावनालाई नकार्दै क्षति पुर्‍याउनेहरूबाटै क्षतिपूर्ति असुलिने बताएका छन् । “सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिहरूबाटै क्षतिपूर्ति भराउने गरी कानुन ल्याइनेछ,” उनले भने । फ्रान्सको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सीसीआई) का अनुसार हप्तान्तको हिंसाबाट २ हजारभन्दा बढी पसल तथा व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन् भने करोडौँ युरो बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भोकै राखेर १९१ अनुयायीको हत्या गरेको अभियोगमा केन्याली पास्टर दोषी ठहर
ताजा खबरJust now

भोकै राखेर १९१ अनुयायीको हत्या गरेको अभियोगमा केन्याली पास्टर दोषी ठहर

अनुयायीहरूलाई येशूलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन् । सन् २०२३ मा उनका अनुयायी बस्ने क्षेत्रमा ४००... ...

रातोपाटी
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
ताजा खबरJust now

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । अहिले दसैँ नजिकिँदै […] ...

लोकपथ
थारु बस्तीमा सखिया नाचले दसैँको रौनक
ताजा खबरJust now

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

बाँके । दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ । दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व सकिएको केही दिनसम्म चल्ने भएकाले थारु... ...

रातोपाटी
पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
ताजा खबरJust now

पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ, कात्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दैगएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडे... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play