हास्य, रहस्य र भावनाको संगम ‘तथास्तु’

काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ कथावस्तुसहित वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ । के.बी.डिजिटलको युट्युब च्यानलमार्फत सिरिजको ट्रेलर र पहिलो एपिसोड सार्वजनिक गरिएको हो । गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र अनौठो श्रापमा आधारित सिरिजले हास्य तथा भावनात्मक पक्षलाई समेटेको छ । मनोरञ्जनसँगै जीवन, परिवार, मित्रता र समयको महत्त्व उजागर गर्ने लक्ष्य सिरिजले राखेको छ । ओरियन पिक्चर्स र फजी फिल्मस्को संयुक्त निर्माणमा बनेको सिरिजको कथा तथा पटकथा शिशिर राणाले लेख्नुभएको हो भने निर्देशन किरण दाहालले गर्नुभएको छ । सिरिजमा अभिषेक फुयाँल, रसल श्रेष्ठ, सुनील तामाङ, तुलसी राय, सबी थापा, लिसा बरनवाल, सिर्जना भुजेल, गीत लिम्बुलगायत कलाकारको अभिनय छ । साथै वरिष्ठ कलाकारहरू नरेन्द्र थापा, श्याम राई, विपना बस्नेत, सन्तु तामाङ, रामकाजी घिमिरे, गीता थापालगातको अभिनय देख्न सकिन्छ यसमा । सिरिजमा किरण दाहाल, विवेक मगर र मणिराज पौडेल निर्माता रहनुभएको छ भने बी एण्ड बी टेक तथा हाकिम इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा आबद्ध छन् । विवेक मगर र योदिन योञ्जनले छायांकन गरेको यस सिरिजको शीर्ष गीत हर्क साउदले तयार पार्नुभएको हो भने ब्याकग्राउण्ड स्कोर अनमोल थापाको छ । हास्य, भावना र सम्बन्धको महत्त्वलाई मौलिक कथामार्फत प्रस्तुत गरिएको ‘तथास्तु’ले दर्शकलाई मनोरञ्जनसँगै जीवनबारे सोच्न प्रेरित गर्ने निर्माण पक्षको विश्वास छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडाैं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । यी दुई टोली अघिल्लो ...

दुई पटकको अभागी सुदूरपश्चिमको लक्ष्य पहिलो उपाधि
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्स यसपटक पहिलो उपाधिको खोजीमा छ । लगातार दुई पटक उपविजेतामा सीमित बनेको... ...

जलवायु न्यायको सुरुवात
हजारौँ माइल यात्रा पहिलो पाइलाबाटै आरम्भ हुन्छ भनिन्छ । पहिलो पाइला सजिलो हुँदैन । त्यसका निम्ति ठुलो तयारी चाहिन्छ । उद्देश्य र गन्तव्य स्पष्ट हुनु पर्छ । आँट र अठोट पनि चाहिन्छ ।... ...

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता
• झापाका किसानहरू धान पाक्ने समयमा जङ्गली हात्तीबाट बाली जोगाउन चिन्तित छन्, जसका लागि सशस्त्र प्रहरीले सुरक्षा निगरानी र जनचेतना अभियान चलाइरहेको छ। • हात्तीको जोखिमबाट बच्न किसान र स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र रातको समयमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ। • हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र हात्तीलाई नजिक जान्न वा लखेट्न प्रयास नगर्न सशस्त्र ...


