Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

हाम्रा उम्मेदवारलाई विजयी गराउनु-नगराउनुसँग कर्णालीको विकासको साइनो छैन : रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
हाम्रा उम्मेदवारलाई विजयी गराउनु-नगराउनुसँग कर्णालीको विकासको साइनो छैन : रवि लामिछाने
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीमा आफ्नो पार्टीको राजनीतिक उपस्थिति र प्रतिनिधित्व कमजोर भए पनि प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले निर्वाचनमा रास्वपाका उम्मेदवार विजयी भए वा नभए पनि कर्णालीको विकासमा पार्टीले कुनै भेदभाव नगर्ने स्पष्ट पार्नुभएको हो। उहाँले कर्णालीबाट पार्टीको प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर हुने अवस्था रहेको स्वीकार गर्दै त्यही कारणले प्रदेशको विकासलाई ओझेलमा पार्न नहुने बताउनुभयो। ‘हाम्रो आवाज कर्णालीको दूरदराजसम्म पुग्न सकेन, पुर्‍याउन सकेनौँ। कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर हुने भयो,’ उहाँले भन्नुभयो, ‘तर सिङ्गो कर्णालीलाई वाचा गर्न चाहन्छु, हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ।’ सभापति लामिछानेले रास्वपा सरकारमा रहुन्जेल कर्णालीका जनताले आफ्नो पार्टीलाई एक मत पनि नदिए पनि प्रदेशको विकास पार्टीको प्राथमिकतामा रहने बताउनुभयो। उहाँले कर्णालीसँग विकासका नाममा राजनीतिक सौदाबाजी गर्न आफूहरू नआएको पनि स्पष्ट पार्नुभयो। ‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौँ। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ, हाम्रा मान्छेलाई जितायो भने पुल बन्छ, बाटो बन्छ र घरघरमा विकासको स्वाद चाख्न पाइन्छ भनेर हामी कुनै सौदाबाजी गर्न आएका होइनौँ,’ उहाँले भन्नुभयो। कर्णालीका समस्या र विकासका मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै लामिछानेले आफूहरू निष्कपट मनका साथ प्रदेशका मुद्दा उठाउन आएको बताउनुभयो। उहाँले राजनीति केवल निर्वाचन जित्नका लागि मात्र गरिने विषय नभएको धारणा पनि राख्नुभयो। निर्वाचनमा प्राप्त हुने मतभन्दा नागरिकका आवश्यकता, विकास र जनताको जीवनस्तरमा सुधार ल्याउने विषय राजनीतिको मुख्य उद्देश्य हुनुपर्ने उहाँको भनाइ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गृहजिल्ला सर्लाहीमै सांसद अमरेश सिंहलाई कालो झण्डा, पुत्ला पनि जलाइयो
PoliticsJust now

गृहजिल्ला सर्लाहीमै सांसद अमरेश सिंहलाई कालो झण्डा, पुत्ला पनि जलाइयो

सर्लाही– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहलाई शनिबार साँझ उनकै गृहजिल्ला सर्लाहीको मलंगवामा कालो झण्डा देखाइएको छ। हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले सिंहको पुत्लासमेत दहन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले चारजना युवाहरूलाई पक्राउ गरेको छ। विरोधका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवले जानकारी दिए। पूर्व-पश्चिम हुलाकी राजमार्ग […] ...

काठमाण्डुपाटी
‘एमाले र मसालसँग सहकार्य अघि बढिसक्यो, अरू कम्युनिस्टलाई पनि एकतामा ल्याउँछौँ’
PoliticsJust now

‘एमाले र मसालसँग सहकार्य अघि बढिसक्यो, अरू कम्युनिस्टलाई पनि एकतामा ल्याउँछौँ’

काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्ट शक्तिलाई एकतामा ल्याउने प्रयास जारी रहेको बताएका छन्। शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले साना-ठूला सबै कम्युनिस्ट समूहलाई एकतामा ल्याउने अभियानलाई तीव्र बनाउने बताए। विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यले एकता प्रयास गरिए पनि निरन्तरता दिन […] ...

काठमाण्डुपाटी
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
PoliticsJust now

सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

पाल्पा – प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन् । उनले संघीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिए । पाल्पाको दमकडामा शनिबार आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै […] ...

काठमाण्डुपाटी
उस्तै नाममा समानान्तर गतिविधि नरोके देउवा समूहलाई कांग्रेसले कारबाही गर्ने
PoliticsJust now

उस्तै नाममा समानान्तर गतिविधि नरोके देउवा समूहलाई कांग्रेसले कारबाही गर्ने

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको समूहप्रति कठोर हुने निर्णय गरेको छ। देउवा समूहले कांग्रेसका नाममा पार्टीका प्रतीक दुरुपयो गरेको भन्दै कारबाही गर्ने निर्णय पनि गरेको छ। तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले देउवा समूहप्रति कठोर हुने निर्णय भएको बताएका हुन् । कांग्रेसले १५ औँ महाधिवेशन […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement