हामी संघीयता विरोधी होइनौँ, यसलाई थप चुस्त र प्रभावकारी बनाउने पक्षमा छौँ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा संघीयता विरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताए । उनले प्रदेश सभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाउँदै संघीयतालाई अझ मजबुत बनाउँदै लैजाने उल्लेख गरे । मधेसमा गत निर्वाचनमा रास्वपाले अत्यधिक मत पाएको उल्लेख गर्दै झाले आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे । उनले भने, ‘हामी संघीयताको विरोधी होइनौँ, बरु हामी संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ । हामी प्रदेश सभा र प्रदेश परिषद्को परिकल्पनातर्फ जान चाहन्छौँ । संघीयताका बारेमा यसमा थप व्याख्या गर्न आवश्यक छैन । हामी एकजुट हुन आवश्यक छ । आफ्नै–आफ्नै बीचमा झगडा गर्न थालियो भने, एकअर्कामाथि झुटा आरोप–प्रत्यारोप लगाउन थालियो भने, हामी कहीँ पुग्न सक्दैनौँ । हामीले एउटा सुसंस्कृत राजनीतिक अभ्यास, अध्ययन, विचार र संस्कारमा आधारित राजनीति गर्दै अगाडि बढ्नुपर्छ ।’ मधेशी समुदायबीच आपसी विवाद गर्ने तथा एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए । अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यास आवश्यक रहेको उनको भनाइ छ । – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on टक्सार
Related News

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने
स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा आइतबार बसेको संचालक समितिको बैठकले क्याम्पसका... ...

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार
• नेपाल क्रिकेट सङ्घले एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ। • नेपालले युएईलाई हराएर दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको छ, जुन नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हो। • क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको वित्तीय पारदर्शिता र अडिट प्रक्रियामा सुधार भएको जानकारी दिएका छन्। ...

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ । क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूको एनओसीको सम्बन्धमा समस्या देखिएको छ । यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत... ...

पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने
काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् । ३२ वर्षीय नवाज बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलर नवाजलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । नवाजले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पाकिस्तानबाट ९८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९११ रन बनाउनुका साथै बलिङमा ...


