Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हानि–नोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

हानि–नोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
हानि–नोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं।जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानि–नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिलाई सम्बोधन गर्न नेपाल सरकारले गत अगस्ट ३१ मा कोषको बोर्ड समक्ष सहयोगका लागि अनुरोध गरेको थियो। कोषका लागि नेपालको राष्ट्रिय सम्पर्क अधिकृत तथा वैकल्पिक बोर्ड सदस्य समेत रहेका ढकालले नेपालको अनुरोधलाई अघि बढाउन विकसित तथा विकासशील राष्ट्रका प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरूबीच विभिन्न चरणमा छलफल तथा समन्वय गरिएको जानकारी दिए। उनका अनुसार कोषको निर्णयअनुसार नेपालले भोटेकोशी क्षेत्रको बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी छुट्टै आयोजना प्रस्ताव तयार गरी पेस गर्नुपर्नेछ। कोषको प्रचलित कार्यविधिअनुसार प्रस्ताव स्वीकृत भएपछि प्रभावित समुदायका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न सकिनेछ। मन्त्रालयका अनुसार गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट करिब १५ हजार घर परिवारका ६० हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार उक्त विपदमा करिब एक हजार ५०० जनाले ज्यान गुमाएका तथा पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति दुई अर्ब ७० करोड अमेरिकी डलर बराबर रहेको र पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ। जलवायु परिवर्तनका कारण बढी जोखिममा रहेका विकासशील राष्ट्रलाई विपदबाट भएको क्षति सम्बोधन गर्न कोषले गरेको निर्णय महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ। यसले जलवायु न्यायको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भोटेकोशी बाढी प्रभावितका लागि हानिनोक्सानी कोषबाट २० मिलियन अमेरिकी डलर सहयोग निश्चित
ताजा खबरJust now

भोटेकोशी बाढी प्रभावितका लागि हानिनोक्सानी कोषबाट २० मिलियन अमेरिकी डलर सहयोग निश्चित

काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज–एफआरएलडी) ले नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कोषको बोर्ड बैठकले नेपाल सरकारको अनुरोधमा उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। गत भदौ १० ...

टक्सार

लुम्बिनी सञ्चार
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
ताजा खबरJust now

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

चीनको तिब्बत स्वायत्त क्षेत्रको एक दुर्गम भेगमा बिहीबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। 'चाइना अर्थक्वेक नेटवर्क सेन्टर' (सीईएनसी) ले जारी गरेको विज्ञप्तिअनुसार भूकम्पबाट तत्काल कुनै मानवीय क्षति वा भौतिक संरचनामा नोक्सानी भएको खबर प्राप्त भएको छैन। ...

नेपालखबर
फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ
ताजा खबरJust now

फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ

काठमाडौँ । बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार एकजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play