Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हलमा लाग्यो बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’

हलमा लाग्यो बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’

Share:WhatsAppFacebookX (Twitter)Telegram
हलमा लाग्यो बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’

काठमाडौं । चर्चित फ्रेन्चाइज फिल्म ‘कबड्डी’को पाँचौं श्रृंखलालाई ‘द फाइनल म्याच’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरेका थिए भने त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आएका थिए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ भने काजीको जीवनमा अवरोध खडा गर्न विपिन कार्कीको आगमन भएको ट्रेलरबाट बुझ्न सकिन्छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, सुरज यादव, रमेश बज्राचार्य, ज्ञानु जोशीलगायतको अभिनय देख्न सकिनेछ । बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । यस फिल्मले नेपाली बक्स अफिसमा असोज ३० गतेदेखि प्रदर्शनमा आएको अ बाट आमा- २ र असोज ३१ गतेदेखि प्रदर्शनमा आएको छ माया छपक्कै- २ सँग प्रतिष्पर्धा गर्ने भएको छ । The post हलमा लाग्यो बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
ताजा खबरJust now

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर

स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर ...

हाम्राकुरा
बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर
ताजा खबरJust now

बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको... ...

रातोपाटी
वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद
ताजा खबरJust now

वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद

काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो। समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको ...

नेपालन्युज
पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
ताजा खबरJust now

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play