Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने
Photo / Coverage: टेक्नोलोजी खबर

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई डिजिटल कार्ड वा बीमा परिचयपत्रको फोटोकपीका आधारमा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। बोर्डले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमितले सेवा लिन आउँदा स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपी प्रस्तुत गरेमा सेवा उपलब्ध गराउन आग्रह गरेको हो। बोर्डका अनुसार सेवाग्राहीले प्रस्तुत गरेको कार्डमा उल्लेखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ। बीमित भएको पुष्टि भएपछि स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न बोर्डले निर्देशन दिएको छ। स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएको कारणले मात्रै बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न पनि बोर्डले सेवा प्रदायक संस्थाहरूलाई अनुरोध गरेको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा. पवनकुमार साहद्वारा जारी सूचनामा डिजिटल कार्डको प्रयोगलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको उल्लेख छ। The post स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर
TechnologyJust now

चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर

अमेरिकी जूरीले मंगलबार चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीजलाई व्यापार गोप्य कुराहरू चोर्ने र बैंकहरूलाई ठगी गर्ने षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको छ। ह्वावे वायरलेस दूरसञ्चार नेटवर्कहरूको लागि विश्वको सबैभन्दा ठूलो उपकरण आपूर्तिकर्ताहरू मध्ये एक हो। तर जूरीहरूले ह्वावेलाई आपराधिक ठगी षड्यन्त्रमा संलग्न हुनु जस्तो सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरेको एपीन्यूजले रिपोर्ट गरेको छ। परिणामस्वरूप कम्पनीका वकिलले- यो माथिदेखि तलसम्म भ्रष्ट ...

टेक्नोलोजी खबर
इजरायलको साइबर सुरक्षा र एआई प्रविधिबारे काठमाडौंमा छलफल
TechnologyJust now

इजरायलको साइबर सुरक्षा र एआई प्रविधिबारे काठमाडौंमा छलफल

नेपालस्थित इजरायली दूतावासले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र उदीयमान प्रविधिमा इजरायलको अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने उद्देश्यले मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रम आयोजना गरेको छ। सोमबार आयोजित कार्यक्रममा सरकार, सूचना प्रविधि, एआई, बैंकिङ तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले इजरायलले अनुसन्धान र नवप्रवर्तनमा गरेको लगानीबाट नेपालले सिक्न सक्ने बताए। उनले इजरायलले ...

टेक्नोलोजी खबर
गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा
TechnologyJust now

गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा

काठमाडौं । युट्युबमार्फत फैलिरहेका अनलाइन जुवा, ठगी तथा हानिकारक सामाग्री नियन्त्रण गर्न असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलर बराबरको मुद्दा दायर गरेको छ ।मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बुधबार गुगलले देशको कानुनी व्यवस्था र इजाजतपत्रका सर्त उल्लङ्घन गरेको आरोपमा दुईवटा छुट्टाछुट्टै मुद्दा अघि बढाएको जानकारी दिएको हो ।आयोगका अनुसार मुद्दामध्ये एउटा युट्युबमा प्रसारित जुवा, अनलाइन ...

आइसिटी समाचार
त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एक वर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने
TechnologyJust now

त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एक वर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (सीडीजेएमसी) ले डिजिटल कन्टेन्ट क्रिएसन (डिजिटल सामाग्री उत्पादन) विषयमा एक वर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।डिजिटल युगमा बढ्दो सामाग्री उत्पादनको आवश्यकता र सम्भावनालाई ध्यानमा राख्दै विभागले डिजिटल स्टोरीटेलिङ तथा सामाग्री सिर्जनासम्बन्धी व्यावहारिक सीप विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याउन लागेको हो ।विभागका अनुसार यस कार्यक्रममा जुनसुकै विषयमा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement