Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

बैंकर्स संघको नेतृत्व परिवर्तन हुँदै, अध्यक्षमा सुरेन्द्रराज रेग्मी पक्का !

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकर्स संघको नेतृत्व परिवर्तन हुँदै, अध्यक्षमा सुरेन्द्रराज रेग्मी पक्का !
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) को ४१औँ अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी चयन हुने भएका छन्। शुक्रबार काठमाडौंको होटल मर्क्युरमा हुने संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी गरेको हो। संघको परम्पराअनुसार उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले हाल उपाध्यक्ष रहेका रेग्मीले नेतृत्व सम्हाल्न लागेका हुन्। पछिल्लो १३ वर्षदेखि संघमा उपाध्यक्ष नै अध्यक्ष बन्दै आएका छन्। दुई वर्षअघि भने अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनबीच प्रतिस्पर्धा हुने अवस्था बनेको थियो। त्यतिबेला पूर्वअध्यक्षहरूको बैठकले सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेपछि शेरचनले उम्मेदवारी फिर्ता लिएका थिए। त्यसपछि २०८१ पुसमा सम्पन्न संघको ३८औँ साधारणसभाले माछापुच्छ्रे बैंकका सीईओ कोइरालालाई अध्यक्ष र रेग्मीलाई उपाध्यक्ष चयन गरेको थियो। त्यस्तै, कुमारी बैंकका सीईओ रामचन्द्र खनाल संघको नयाँ उपाध्यक्ष बन्ने निश्चित भएको छ। यस विषयमा बुधबार नै अनौपचारिक छलफलबाट सहमति जुटेको बताइएकाे छ। हाल संघको अध्यक्षमा कोइराला र उपाध्यक्षमा रेग्मी छन्। कार्यकारिणी समितिमा कुमारी बैंकका रामचन्द्र खनाल, नबिल बैंकका मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, नेपाल बैंकका तिलकराज पाण्डे र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह सदस्य छन्। हिमालयन बैंकका सीईओ अशोक राणा संघका सल्लाहकार छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कारबाहीको घेरामा देउवा समूह
Latest NewsJust now

कारबाहीको घेरामा देउवा समूह

नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष अब नेतृत्वको वैधानिकता र समानान्तर महाधिवेशनको विवादमा मात्र सीमित छैन। पूर्वसभापति शेरबहादुर देउवा समूहमा खुलेर लागेका नेता, कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिमाथि अनुशासनात्मक कारबाही गर्ने तयारीसँगै पार्टीभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको छ। सभापति गगनकुमार थापाले समानान्तर गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन्। केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पार्टीको टिकट र चुनाव चिह्नबाट निर्वाचित भएर ...

नेपालन्युज
सातै प्रदेशमा ट्रमा सेन्टर कि ठुला अस्पतालमै ट्रमा केयर ?
Latest NewsJust now

सातै प्रदेशमा ट्रमा सेन्टर कि ठुला अस्पतालमै ट्रमा केयर ?

काठमाडौँ । सडक दुर्घटना र विपद्बाट हुने मानवीय क्षति घटाउन सातै प्रदेशमा ट्रमा संरचना विस्तार गर्ने बहस चलिरहँदा अब हरेक प्रदेशमा छुट्टै ‘राष्ट्रिय ट्रमा सेन्टर’ स्थापना गर्ने कि ठुला जनरल... ...

रातोपाटी
आईजीपी विवादमा सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन कारण के–के हुन् ?
Latest NewsJust now

आईजीपी विवादमा सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन कारण के–के हुन् ?

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो। सर्वोच्चको आदेशसँगै डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षकका रूपमा निरन्तर काम गर्ने बाटो खुलेको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement