Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आईजीपी विवादमा सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन कारण के–के हुन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी विवादमा सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन कारण के–के हुन् ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो। सर्वोच्चको आदेशसँगै डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षकका रूपमा निरन्तर काम गर्ने बाटो खुलेको छ। कार्कीको पुनर्बहालीसम्बन्धी माग भने मुद्दाको अन्तिम सुनुवाइबाट टुंगो लाग्नेछ। अदालतले अन्तरिम आदेश जारी नगर्नुका मुख्य तीन आधार अघि सारेको छ। पहिलो, सरकारको निर्णयअनुसार डा. केसीले कात्तिक १८ गते नै आईजीपी पदको नियुक्ति बुझेर कार्यभार सम्हालिसकेको अवस्था छ। नयाँ नेतृत्वले काम सुरु गरिसकेको अवस्थामा तत्काल अन्तरिम आदेशमार्फत त्यसमा हस्तक्षेप गर्नुपर्ने अवस्था नरहेको अदालतको ठहर छ। दोस्रो, प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) देशको शान्ति सुरक्षा तथा सार्वजनिक महत्त्वसँग जोडिएको संवेदनशील विषय भएकाले त्यसमा तत्काल अन्तरिम आदेश जारी गर्दा पर्न सक्ने प्रभावलाई अदालतले ध्यान दिएको छ। तेस्रो, कार्कीले रिटमा उठाएका कानुनी प्रश्न र माग गरेको न्यायिक उपचार अन्तिम सुनुवाइका क्रममा निरूपण गर्नुपर्ने प्रकृतिको रहेको अदालतले उल्लेख गरेको छ। सुविधा र सन्तुलनको दृष्टिले समेत तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको इजलासको निष्कर्ष छ। यद्यपि, सर्वोच्चले यो विवादलाई लामो समयसम्म अल्झाएर राख्न नहुने भन्दै शीघ्र सुनुवाइको व्यवस्था गर्न निर्देशन दिएको छ। अदालतले सरकार, प्रहरी प्रधान कार्यालय र डा. केसीसहितका विपक्षीबाट लिखित जवाफ प्राप्त भएको सात दिनभित्र अन्तिम सुनुवाइका लागि मुद्दा पेस गर्न आदेश दिएको छ। साथै, सुनुवाइका लागि तोकिएको पेसी स्थगित गर्न नपाउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ। सरकारले गत कात्तिक १८ गते मन्त्रिपरिषद्को निर्णयबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाएको थियो। उनको स्थानमा एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो। सरकारको निर्णय गैरकानुनी रहेको दाबी गर्दै कार्कीले निर्णय बदर गरी आफूलाई पुनर्बहाली गर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यामाहाको दसैँ–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख
Latest NewsJust now

यामाहाको दसैँ–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख

काठमाडौं । यामाहा नेपालले दसैँ–तिहारको अवसरमा सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेताहरूलाई पुरस्कार प्रदान गरेको छ । अभियानमा बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् । सरस्वतीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन् । उनले अभियानको […] ...

लोकपथ
जनताका गुनासा सुन्न सांसद गाउँगाउँमा
Latest NewsJust now

जनताका गुनासा सुन्न सांसद गाउँगाउँमा

तिलाचन पाण्डेगुल्मी, मङसिर ९ गते । गुल्मीका सांसद जनताका गुनासा र समस्याहरु सुन्न गाउँगाउँमा पुग्नुभएको छ । केही दिन अघिदेखि गुल्मी क्षेत्र नं. २ का सांसद गोबिन्द पन्थी आफ्नो निर्व... ...

गोरखापत्र
आईपीएल इतिहासकै महँगा खेलाडी बन्न सक्छन् वैभव !
Latest NewsJust now

आईपीएल इतिहासकै महँगा खेलाडी बन्न सक्छन् वैभव !

काठमाडौं । भारतीय क्रिकेटका पूर्वब्याटर आकाश चोपडाले १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी आगामी दिनमा इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महँगा खेलाडी बन्न सक्ने भविष्यवाणी गरेका छन्। उनले सूर्यवंशीको मूल्य ४० करोड भारतीय रुपैयाँसम्म पुग्न सक्ने बताएका छन्। एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत यूएईविरुद्धको खेलमा सूर्यवंशीले कीर्तिमानी दोहोरो शतक प्रहार गरेपछि चोपडाले उनको खुलेर प्रशंसा गरेका हुन्। सूर्यवंशीले उक्त ...

केन्द्रबिन्दु
पूर्वमन्त्री सञ्जय साहको मुद्दा शीघ्र टुंग्याउन समर्थकको माग
Latest NewsJust now

पूर्वमन्त्री सञ्जय साहको मुद्दा शीघ्र टुंग्याउन समर्थकको माग

धनुषामा ज्ञापनपत्र बुझाउँदै समर्थकहरूले साहको मुद्दा तत्काल छिनोफानो गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement