Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन् : मन्त्री मेहता

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन् : मन्त्री मेहता
Photo / Coverage: नेपालन्युज

काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्वास्थ्य सहकार्यमा जोड दिएकी छन्। कोलम्बोमा हालै आयोजित बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा उनले स्वास्थ्य चुनौतीहरू राष्ट्रिय सीमामा सीमित नरहने भएकाले सदस्य राष्ट्रहरूबीच समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहकार्यलाई प्रभावकारी बनाउनु पर्ने बताएको मन्त्री मेहताको निजी सचिवालयले जनाएको छ। “संक्रामक रोग, एन्टिमाइक्रोबियल प्रतिरोध, पशुजन्य रोग तथा जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन्”, मन्त्री मेहताले भनिन्। कोभिड–१९ महामारीले कुनै पनि देशले ठूलो स्वास्थ्य संकटको सामना एक्लै गर्न नसक्ने देखाएको भन्दै उनले क्षेत्रीय सहकार्यलाई समावेशिता, समानता, आपसी विश्वास र व्यावहारिक साझेदारीमा आधारित बनाउनु पर्ने बताइन्। नेपालमा उद्धार तथा राहत कार्यका क्रममा बिम्स्टेक सदस्य राष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग, सद्भाव र ऐक्यबद्धताप्रति आभार व्यक्त गरिन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डु गोर्खाजले २ विकेट गुमायो
Latest NewsJust now

काठमाण्डु गोर्खाजले २ विकेट गुमायो

काठमाडौँ । काठमाण्डु गोर्खाज २ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले २ विकेट गुमाएको हो । सम हेजलेट ७ बलमा ११... ...

रातोपाटी
चीन भ्रमण घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Latest NewsJust now

चीन भ्रमण घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले भेट गरेका छन्। सिंंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री शाहसँग छलफल गरेका हुन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले आफूहरुलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिएको बताए। उनले भने, “प्रधानमन्त्री ज्यूसँग छलफल भएको छ, उहाँले भ्रमणका क्रममा चीनबाट ...

नेपालन्युज
छठको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा
Latest NewsJust now

छठको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो। यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play