काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो। यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
छठको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






