Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

१२६ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं कठिन स्थितिमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
१२६ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं कठिन स्थितिमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी २४औँ खेलमा सुदूरपश्चिम रोयल्सले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले १४ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ८२ रन बनाएको छ। जितका लागि काठमाडौंलाई अब ३६ बलमा ४४ रनको आवश्यकता छ। सुदूरपश्चिमका बलरहरूको कसिलो बलिङका कारण काठमाडौंले पनि खराब सुरुवात गर्दै सुरुवातमै विकेट गुमाएको थियो। साम हेजलेट (११), भीम सार्की (०), मोहम्मद आदिल आलम (८), सन्तोष यादव (१०) र सहान अराचचिगे (०) सस्तैमा पेभिलियन फर्किएपछि काठमाडौं संकटमा परेको थियो। राशिद खान १७ बलमा २ चौकासहित १६ रन बनाए । हाल क्रिजमा कप्तान करण केसी र दुशन हेमन्था छन् । सुदूरपश्चिमका लागि बलिङतर्फ अनिल खरेलले २ विकेट लिएका छन् भने स्कट कुगेलेइन र फेबियन एलनले समान १-१ विकेट हात पारेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन
Latest NewsJust now

जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

काठमाडाैँ । यही कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ मा नेपाल सरकारले स्थापना गरेको ‘नेपाल पेभेलियन’ जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्, जलवायु अन्याय तथा अनुकूलनका प्रयास र सफल अभ्यासलाई... ...

रातोपाटी
अब सुई होइन, खाएरै घटाउन सकिनेछ तौल, चीनमा नयाँ औषधि स्वीकृत
Latest NewsJust now

अब सुई होइन, खाएरै घटाउन सकिनेछ तौल, चीनमा नयाँ औषधि स्वीकृत

बेइजिङ । चीनले पहिलो पटक मुखबाट सेवन गर्न मिल्ने तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो । चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौल भएका र त्यससँगै कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि यो […] ...

लोकपथ
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा
Latest NewsJust now

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको पर्खाइमा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको इभी बिहीबार बिहान करिब ६ः०० बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको थियो । ...

केन्द्रबिन्दु
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
Latest NewsJust now

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौँ कात्तिक २७ गते । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको प्लेअफमा प्रवेश गरेको छ ।शुक्रबार सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई सात रनले पराजित गर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play