स्वास्थ्य जीवनको यात्रामा भरपर्दो साथी ‘सेराजेम’

काठमाडौं । आजको जीवन निकै व्यस्त छ । बिहान आँखा खुलेदेखि राती निद्रामा नपुगेसम्म मानिस कुनै न कुनै जिम्मेवारीको दौडमा हुन्छ । काम, परिवार, पेशा, सामाजिक दायित्व र भविष्यको चिन्ताबीच दिनहरू बितिरहेका छन् । आफूले गर्नुपर्ने काम पूरा गर्न हामीसँग समय हुन्छ, अरूका लागि समय निकाल्न पनि हामी तयार हुन्छौँ । तर, यही दौडधुपका बीच आफ्नै शरीरका लागि केही समय छुट्याउन भने धेरैपटक भुलिरहेका हुन्छौँ । स्वास्थ्यप्रति सचेत हुनु भनेको समस्या देखिएपछि मात्र उपचार खोज्नु होइन । आफ्नो शरीरलाई समयमै बुझ्नु, थकान महसुस हुँदा आराम दिनु र नियमित रूपमा शरीर तथा जीवनशैलीप्रति सचेत हुनु पनि स्वास्थ्य सचेतनाको महत्त्वपूर्ण हिस्सा हो । यही सोचलाई केन्द्रमा राखेर पछिल्लो समय नेपालमा स्वास्थ्य सचेतना, आराम र आधुनिक प्रविधिलाई जोड्ने प्रयास गरिरहेको नाम हो- ‘सेराजेम’ । सेराजेमका विभिन्न सेन्टरमध्ये काठमाडौंको बानेश्वरस्थित सेन्टर पनि दैनिक रूपमा स्वास्थ्य र आरामप्रति सचेत हुन चाहने मानिसहरूको गन्तव्य बन्दै गएको छ । यहाँ आउने मानिसका आवश्यकता फरक छन् । कोही लामो समय काम गरेर शरीरमा आएको थकान लिएर आउँछन्, कोही स्वास्थ्यप्रति थप सचेत हुन चाहन्छन् भने कोही केही समय आफ्नो शरीरलाई आराम दिन चाहन्छन् । यहाँ बढी नशा र हाडसम्बन्धी समस्या भएका बिरामीहरू आउने गरेका छन् । ‘सेन्टरको उद्देश्य केवल सुविधा प्रदान गर्नु मात्र होइन, मानिसलाई आफ्नै शरीरप्रति सचेत बनाउनु र व्यस्त जीवनबाट केही समय निकालेर आफ्नो स्वास्थ्य तथा आरामका लागि छुट्याउन प्रेरित गर्नु पनि हो ।’अनिश शर्मा, सञ्चालक, बानेश्वर तथा बनेपा सेन्टर शरीरका लागि छुट्याइएको समयदैनिक जीवनमा लामो समयसम्म एउटै आसनमा बसेर काम गर्ने, पर्याप्त आराम नलिने तथा व्यस्तताका कारण आफ्नो शरीरलाई बेवास्ता गर्ने बानी सामान्यजस्तै बनेको छ । कार्यालयमा घण्टौँ कम्प्युटरअगाडि बस्ने, यात्रामा लामो समय बिताउने वा घरायसी काममा निरन्तर सक्रिय रहने मानिसले शारीरिक थकान अनुभव गर्नु स्वाभाविक हो । तर, थकानलाई सधैँ बेवास्ता गरिरहनु शरीरप्रतिको उचित व्यवहार होइन । शरीरलाई पनि आराम, हेरचाह र केही समय आवश्यक हुन्छ । सेराजेम वेलनेसले यही आवश्यकतालाई ध्यानमा राखेर मानिसलाई आफ्नो शरीरका लागि केही समय छुट्याउन प्रेरित गर्ने उद्देश्य राखेको बताउँछ । यसको अवधारणा केवल मेसिन प्रयोग गर्ने वा केही समय आराम गर्ने विषयमा सीमित नरही स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्ने प्रयाससँग जोडिएको छ । प्रविधिसँग जोडिएको स्वास्थ्य सचेतनासेराजेम कम्पनीले उत्पादन गरेका विभिन्न प्रविधिमा आधारित उपकरणहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिएको कम्पनीको दाबी छ । आधुनिक प्रविधिलाई मानिसको दैनिक जीवनमा आराम र स्वास्थ्य सचेतनासँग जोड्ने यसको प्रयासले धेरैको ध्यान खिचेको देखिन्छ । बानेश्वरस्थित सेन्टरमा पनि प्रविधिसँगै मानवीय सेवामाथि विशेष जोड दिइएको सञ्चालक अनिश शर्मा बताउनुहुन्छ । उहाँका अनुसार सेन्टरको उद्देश्य केवल सुविधा प्रदान गर्नु मात्र होइन, मानिसलाई आफ्नै शरीरप्रति सचेत बनाउनु र व्यस्त जीवनबाट केही समय निकालेर आफ्नो स्वास्थ्य तथा आरामका लागि छुट्याउन प्रेरित गर्नु पनि हो । ‘आफ्नो स्वास्थ्यका लागि समय दिनु भनेको विलासिता होइन, आवश्यकता हो’, शर्माको भनाइ छ । बनेपा सेन्टरका सञ्चालकसमेत रहनुभएका शर्माका अनुसार सेन्टरमा आर्थिक अवस्था, उमेर वा सामाजिक हैसियतका आधारमा कसैले आफ्नो स्वास्थ्य र आरामलाई बेवास्ता गर्न नपरोस् भन्ने सोचका साथ सेवा प्रदान गर्ने प्रयास गरिएको छ । लामो समयसम्म प्रयोग गर्ने उद्देश्य राख्ने सेवाग्राहीका लागि सुपथ मूल्यमा मेसिन उपलब्ध गराउने व्यवस्था पनि रहेको उहाँ बताउनुहुन्छ । ग्राहक होइन, परिवारको सदस्यजस्तैबानेश्वर सेराजेम सेन्टरको अर्को विशेषता यहाँ आउने मानिससँग गरिने व्यवहारलाई मानिएको छ । यहाँ आउने प्रत्येक व्यक्तिलाई केवल ‘ग्राहक’का रूपमा नभई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहने व्यक्तिका रूपमा व्यवहार गर्ने प्रयास गरिएको सञ्चालक शर्मा बताउनुहुन्छ । कसैको उद्देश्य आराम गर्नु हुन्छ, कसैको स्वास्थ्यसम्बन्धी जानकारी लिनु हुन्छ । कसैलाई आफ्नो शरीरप्रति थप सचेत हुन मन लागेको हुन्छ । फरक–फरक आवश्यकता र अपेक्षा बोकेर आउने मानिसलाई मुस्कानसहित स्वागत गर्ने, आत्मीय व्यवहार गर्ने र पारिवारिक वातावरण दिने प्रयास सेन्टरको सेवाको महत्त्वपूर्ण पक्ष बनेको छ । यही आत्मीय व्यवहारले पनि कतिपय सेवाग्राहीलाई पटक–पटक सेन्टरसम्म ल्याउने गरेको उहाँको अनुभव छ । ‘एकपटक आएपछि सम्बन्ध बस्छ’झण्डै नौ वर्षदेखि सेराजेमसँग जोडिनुभएकी भगवती पौडेलका लागि सेराजेम केवल एउटा सेवा लिने ठाउँमात्र होइन, स्वास्थ्यप्रतिको आफ्नो सोचसँग जोडिएको एउटा यात्राजस्तै बनेको छ । उहाँका अनुसार यहाँ आउँदा प्राप्त हुने स्वास्थ्यसम्बन्धी अनुभवसँगै कर्मचारीहरूको व्यवहार, सम्मान, माया र पारिवारिक आत्मीयताले पनि मानिसलाई आकर्षित गर्छ । ‘एकपटक आएपछि यहाँको वातावरण र व्यवहार मनमा बस्छ’, पौडेलको अनुभव छ । उहाँका अनुसार स्वास्थ्यका विषयमा सचेत हुँदै जाने क्रममा मानिसले आफ्नो शरीरलाई पनि प्राथमिकता दिनुपर्छ भन्ने कुरा बुझ्न थाल्छ । त्यसका लागि केही समय आफ्ना लागि छुट्याउने बानीले दैनिक जीवनप्रतिको दृष्टिकोणसमेत सकारात्मक बनाउन सहयोग पुग्छ । यस्तै, मध्य बानेश्वर निवासी गोविन्द बास्कोटा पनि सेराजेम प्रविधिसँग लामो समयदेखि जोडिनुभएको छ । उहाँका लागि आधुनिक प्रविधिसँगै अनुभवी कर्मचारीबाट स्वास्थ्यसम्बन्धी जानकारी लिन पाउनु महत्त्वपूर्ण छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रयोगमा ल्याइएका प्रविधिबारे जानकारी पाएपछि आफूले आफ्नो स्वास्थ्यप्रति थप चासो दिन थालेको उहाँ बताउनुहुन्छ । लामो समयसम्म प्रयोग गर्ने उद्देश्यले ‘मास्टर भी फो’ मेसिन घरमै भित्र्याउने तयारीमा रहेको उहाँको भनाइ छ । यस्तै मध्य बानेश्वरकै मीनाकुमारी डंगोल पनि विगत १३ महिनादेखि दैनिक सेराजेम केन्द्रमा आइरहनुभएको छ । उहाँ मुख्य गरी ढाड दुखाइको समस्या लिएर यहाँ आउनुभएको थियो, जुन १३ महिनाको अवधिमा पूर्ण रूपमा ठीक भएको छ । यता, पुरानो बानेश्वर निवासी अञ्जली श्रेष्ठ पनि विगत चार वर्षदेखि केन्द्रमा आइरहनुभएको छ । यस अवधिमा उहाँको खुट्टाको नशाको समस्या, ग्यास्ट्रिक, माइग्रेन, हेमोग्लोबिन कम, इम्युन सिस्टम कमलगायत समस्या पूर्ण रूपमा ठीक भएको छ । सेराजेम अनुभव केन्द्रमात्र नभई लामो समय प्रयोग गर्दा भएका रोग निको हुने र बाहिरी रोग संक्रमणसमेत रोकिने यहाँ आउनेहरूको अनुभव छ । सेवा, विश्वास र अनुभवसेराजेमको बानेश्वर सेन्टरले दैनिक रूपमा झण्डै दुई सयभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको सञ्चालकको भनाइ छ । लामो समयदेखि स्वास्थ्य र सेवाको यात्रामा रहेको सेन्टरले सेवाग्राहीको अनुभव र विश्वासलाई आफ्नो यात्राको आधार मानेको छ । कुनै पनि स्वास्थ्यसम्बन्धी सेवामा प्रविधि जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण हुन्छ सेवाग्राहीसँग गरिने व्यवहार । यही पक्षलाई केन्द्रमा राखेर सेराजेमले प्रविधि, आराम र आत्मीय सेवाबीचको सम्बन्ध स्थापित गर्ने प्रयास गरिरहेको देखिन्छ । स्वास्थ्यप्रतिको सचेतना ठूलो परिवर्तनबाट मात्र सुरु हुँदैन । कहिलेकाहीँ आफ्नै शरीरलाई केही समय दिनु, थकान महसुस हुँदा आराम गर्नु र आफ्नो स्वास्थ्यबारे जानकारी लिनुजस्ता साना कदमबाट पनि यसको सुरुवात हुन सक्छ । आफ्नै शरीरलाई माया गर्ने समयव्यस्त जीवनशैलीले मानिसलाई निरन्तर अगाडि बढ्न सिकाएको छ । तर, कहिलेकाहीँ अगाडि बढ्नका लागि केही क्षण रोकिएर आफ्नै शरीरको अवस्था बुझ्नु पनि आवश्यक हुन्छ । स्वास्थ्य भनेको केवल रोग नहुनु मात्र होइन, आफ्नो शरीरप्रति जिम्मेवार हुनु पनि हो । यही सन्देशलाई प्रविधि र सेवासँग जोडेर अघि बढिरहेको सेराजेमले मानिसलाई एउटा सरल प्रश्नतर्फ फर्काउन खोजेको छ- अरू सबैका लागि समय निकाल्ने हामीले आफ्नै शरीरका लागि कति समय छुट्याएका छौँ ? बानेश्वरस्थित सेराजेम सेन्टरमा देखिने गतिविधिले पनि यही प्रश्नको उत्तर खोजिरहेको देखिन्छ । प्रविधि, आराम, स्वास्थ्य सचेतना र आत्मीय सेवाको संयोजनमार्फत्् मानिसलाई आफ्नो शरीरलाई प्राथमिकता दिन प्रेरित गर्नु यसको मूल भाव बनेको छ । दक्षिण कोरियाको छेनानमा मुख्य कार्यालय रहेको सेराजेमको माग अहिले विश्वभर फैलिएको छ । नेपालसहित विश्वका धेरै मुलुकमा यसका शाखाहरू सञ्चालनमा छन् । यसले आफूलाई परिष्कृत गरी ‘मास्टर भी इलाभेन’सम्मका प्रोडक्टहरू प्रयोगमा ल्याइसके पनि नेपालमा भने ‘मास्टर भी फो’ सम्म मात्र आएको छ । ‘मास्टर भी फो’ यसले निकालेको ‘प्रोडक्ट’ मध्ये सबैभन्दा चल्तीमा समेत रहेको छ । यसअघि यसले ‘नाइन बल’, ‘रिफ्लेक्स’, ‘मास्टर भी थ्री’, ‘म्याट’, ‘थ्री बल’ जस्ता प्रोडक्ट निकालिसकेको छ । जुन बानेश्वर सेन्टरमा गएर निःशुल्क अनुभव लिन सकिन्छ । के हो सेराजेम ?पछिल्लो समय घरमै आराम, शरीरको हेरचाह र वेलनेससम्बन्धी प्रविधिको प्रयोग बढ्दै गएको छ । व्यस्त जीवनशैली, लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने बानी तथा दैनिक तनावका कारण मानिसहरू आफ्नो स्वास्थ्य र शारीरिक आरामप्रति थप सचेत हुन थालेका छन् । यही परिवेशमा घरमै प्रयोग गर्न सकिने हेल्थ केयर उपकरण तथा प्रविधि उपलब्ध गराउने अन्तर्राष्ट्रिय ब्राण्डका रूपमा सेराजेम परिचित हुँदै आएको छ । सन् १९९८ मा दक्षिण कोरियाबाट सुरु भएको सेराजेमले व्यक्तिगत स्वास्थ्य हेरचाहका लागि प्रयोग हुने उपकरणको विकास, उत्पादन र वितरण गर्दै आएको छ । कम्पनीको मुख्य ध्यान घरमै प्रयोग गर्न मिल्ने थर्मल मसाज उपकरण तथा अन्य होम हेल्थ केयर समाधानमा केद्रित छ । समयक्रमसँगै यसले आफ्नो उत्पादन र सेवाको दायरा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बढाएको छ । कम्पनीका अनुसार सेराजेम अहिले ७० भन्दा बढी देशमा पुगेको छ भने विश्वभर यसका दुई हजार ५०० भन्दा बढी केन्द्र सञ्चालनमा छन् । प्रारम्भिक चरणमा मेरुदण्डको क्षेत्रमा ताप तथा मसाजसम्बन्धी सुविधा प्रदान गर्ने उपकरणको विकासमा केन्द्रित रहेको कम्पनीले पछि विभिन्न प्रविधि र उत्पादनमार्फत् आफ्नो व्यवसाय विस्तार गर्यो । सन् १९९९ मा कम्पनीले आफ्नो प्रारम्भिक स्वचालित स्पाइनल थर्मल थेरापी उपकरण विकास गरी अमेरिकी बजारमा निर्यात सुरु गरेको थियो । त्यसपछि अनुसन्धान, उत्पादन क्षमता, प्रविधि विकास र अन्तर्राष्ट्रिय वितरण सञ्जाल विस्तारमा लगानी गर्दै कम्पनीले आफ्नो उपस्थिति फराकिलो बनाएको देखिन्छ । सन् २००० मा प्रविधि अनुसन्धान केन्द्र स्थापना गरेको सेराजेम सन् २००२ देखि कोरियाको ‘वर्ल्ड क्लास प्रोडक्ट’ मान्यतासँग पनि जोडिएको छ । सन् २०१८ मा कम्पनी दक्षिण कोरियाको ‘वर्ल्ड क्लास ३००’ कार्यक्रममा समावेश भएको थियो । यस कार्यक्रमको उद्देश्य विश्व बजारमा प्रतिस्पर्धात्मक क्षमता भएका कोरियाली कम्पनीलाई प्रोत्साहन गर्नु थियो । सेराजेमलाई सामान्य मसाज उपकरणको ब्राण्डका रूपमा मात्र बुझ्नु उपयुक्त हुँदैन । कम्पनीले घरमै प्रयोग गर्न सकिने विभिन्न स्वास्थ्य हेरचाह तथा वेलनेस उपकरणको विकास र वितरण गर्दै आएको छ । यसका उत्पादनमध्ये ‘थर्मल मसाज बेड’ विशेष रूपमा परिचित छ । यस्ता उपकरणमा मोडेलअनुसार ताप प्रदान गर्ने प्रणाली, स्वचालित मसाज संयन्त्र, शरीरको अवस्थाअनुसार मसाज सञ्चालन गर्ने कार्यक्रम तथा प्रयोगकर्ताले तीव्रता समायोजन गर्न सक्ने सुविधा उपलब्ध हुन सक्छन् । केही मोडेलमा शरीरको लम्बाइ तथा मेरुदण्डको बनावट मापन गर्ने प्रविधि पनि समावेश गरिएको हुन्छ । यसले उपकरणको मसाज प्रणालीलाई प्रयोगकर्ताको शारीरिक बनावटअनुसार समायोजन गर्न सहयोग पुर्याउने उद्देश्य राख्छ । तर, यस्ता सुविधा सबै मोडेलमा समान हुँदैनन् । त्यसैले उपकरण खरिद गर्दा सम्बन्धित मोडेलको विशेषता र प्रयोगसम्बन्धी निर्देशन बुझ्नु आवश्यक हुन्छ । कम्पनीले आफ्नो उत्पादन विकासमा परम्परागत मसाज तथा ताप उपचारका अवधारणासँग आधुनिक यान्त्रिक र इलेक्ट्रोनिक प्रविधिको संयोजन गर्ने प्रयास गरेको छ । यसले घरमै आरामको अनुभव लिन चाहने प्रयोगकर्तालाई लक्षित गर्छ । सेराजेमका थर्मल मसाज उपकरणले मुख्यतः ताप र यान्त्रिक मसाजको संयोजनमार्फत् काम गर्छन् । उपकरणको बनावट र मोडेलअनुसार शरीरको पछाडिको भागमा ताप प्रदान गर्ने तथा रोलर वा अन्य संयन्त्रको सहायताले मसाज गर्ने सुविधा उपलब्ध हुन सक्छ । तापले केही व्यक्तिमा मांसपेशीको तनाव कम गर्न, अस्थायी रूपमा आराम महसुस गराउन र शारीरिक सहजता बढाउन सहयोग गर्न सक्छ । त्यस्तै, मसाजले लामो समयसम्म काम गर्दा वा दैनिक गतिविधिका कारण उत्पन्न हुने सामान्य मांसपेशीको थकान कम गर्न मद्दत गर्न सक्छ । यद्यपि, यस्तो अनुभव व्यक्तिको शारीरिक अवस्था, उपकरणको तापक्रम, मसाजको तीव्रता र प्रयोगको अवधिअनुसार फरक पर्न सक्छ । सबै व्यक्तिले समान परिणाम प्राप्त गर्छन् भन्ने हुँदैन । महत्त्वपूर्ण कुरा के हो भने सेराजेम उपकरणको प्रयोगलाई सबै प्रकारका रोगको उपचार वा चिकित्सकीय उपचारको विकल्पका रूपमा लिनुहुँदैन । कुनै उपकरणले दिने सुविधा र त्यसले प्रमाणित रूपमा प्रदान गर्ने चिकित्सकीय लाभ फरक विषय हुन् । सेराजेमले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता देखाउँदै कोरियाको ‘वर्ल्ड क्लास प्रोडक्ट’ मान्यता निरन्तर प्राप्त गर्दै आएको जनाएको छ । कम्पनीका आधिकारिक विवरणअनुसार सन् २००२ मा पहिलोपटक यो मान्यता प्राप्त गरेको सेराजेमले सन् २०२६ सम्म लगातार २४ वर्ष उक्त मान्यता पाएको छ । सेराजेम कसले प्रयोग गर्न सक्छन् ?सामान्यतया स्वस्थ वयस्क, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने कर्मचारी, लामो समय उभिएर काम गर्नुपर्ने व्यक्ति तथा शारीरिक श्रम गर्नेहरूले आरामका लागि सेराजेम प्रयोग गर्न सक्छन् । दैनिक कामका कारण शरीरमा थकान महसुस गर्ने तथा आफ्नो दिनचर्यामा आराम र विश्रामलाई प्राथमिकता दिन चाहने व्यक्तिका लागि पनि यसको प्रयोग उपयोगी हुन सक्छ । यस्तै नशा, हाड, सुगर, प्रेसर, कब्जियत, पायल्स, महिनावारी गडबढी, सेतो पानी बग्ने, शारीरिक दुर्बलतालगायतका समस्या भएका कुनै पनि उमेरका महिला–पुरुषका लागि पनि यो मेसिने उपयुक्त छ । यद्यपि, सेराजेम सबै व्यक्तिका लागि समान रूपमा उपयुक्त हुन्छ भन्ने हुँदैन । हाडजोर्नी, नशासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचाप वा अन्य दीर्घरोग भएका व्यक्तिले यसको प्रयोग गर्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । गर्भवती महिला, हालै शल्यक्रिया गराएका व्यक्ति, शरीरमा चोटपटक भएका वा अन्य विशेष स्वास्थ्य अवस्था भएका व्यक्तिले पनि स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र यसको प्रयोग गर्नु उचित हुन्छ ।सेराजेम प्रयोग गर्दा आफ्नो स्वास्थ्य अवस्था, शारीरिक आवश्यकता र उपकरण प्रयोगसम्बन्धी निर्देशनलाई ध्यान दिनु महत्त्वपूर्ण हुन्छ । यसलाई कुनै पनि रोगको उपचार गर्ने वा औषधिको विकल्पका रूपमा लिनुहुँदैन । बरु शरीरलाई आराम प्रदान गर्ने र समग्र वेलनेसमा सहयोग पुर्याउने माध्यमका रूपमा बुझ्नुपर्छ । सुरक्षित तथा जिम्मेवार प्रयोगका लागि आवश्यक जानकारी लिनु र स्वास्थ्यसम्बन्धी समस्या भएमा विशेषज्ञको सल्लाहलाई प्राथमिकता दिनु आवश्यक छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडाैं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । यी दुई टोली अघिल्लो ...

दुई पटकको अभागी सुदूरपश्चिमको लक्ष्य पहिलो उपाधि
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्स यसपटक पहिलो उपाधिको खोजीमा छ । लगातार दुई पटक उपविजेतामा सीमित बनेको... ...

जलवायु न्यायको सुरुवात
हजारौँ माइल यात्रा पहिलो पाइलाबाटै आरम्भ हुन्छ भनिन्छ । पहिलो पाइला सजिलो हुँदैन । त्यसका निम्ति ठुलो तयारी चाहिन्छ । उद्देश्य र गन्तव्य स्पष्ट हुनु पर्छ । आँट र अठोट पनि चाहिन्छ ।... ...

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता
• झापाका किसानहरू धान पाक्ने समयमा जङ्गली हात्तीबाट बाली जोगाउन चिन्तित छन्, जसका लागि सशस्त्र प्रहरीले सुरक्षा निगरानी र जनचेतना अभियान चलाइरहेको छ। • हात्तीको जोखिमबाट बच्न किसान र स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र रातको समयमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ। • हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र हात्तीलाई नजिक जान्न वा लखेट्न प्रयास नगर्न सशस्त्र ...


