काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ । जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’ केहीबेरअघि उनले सञ्जालमा सार्वजनिक गरेको यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो । धानमन्त्री शाहसँगै मन्त्रीहरू वाग्ले र खनाल भारत भ्रमणमा गएका थिए । शाहले यसअघि पनि अन्य दुई मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँग सँगै बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए । The post स्वर्णिम र शिशिरसँगको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली ! appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
स्वर्णिम र शिशिरसँगको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

Read Complete Original Article
Published originally on कर्पोरट खबर






