Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विभिन्न सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि गरिएको धरपकडको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार इन्सेकले विज्ञप्ति जारी गर्दै कार्तिक १३ गते पत्रकार विश्वमणि सुवेदी, शोभराज बराल र धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको र नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरी पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन्। प्रकाशित समाचारको विषयवस्तुलाई लिएर कसैको असहमति भए कानुनी उपचारका बाटाहरू खुला हुँदाहुँदै प्रहरी प्रशासनबाट सञ्चार गृहमाथि नै धरपकड हुनु र पत्रकारहरूलाई त्रसित पारिनु लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत भएको इन्सेकको ठहर छ।राज्यका निकायहरूबाट हुने हरेक कार्यको संस्थागत जवाफदेहिता सरकारले लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। विगत केही समयदेखि अभिव्यक्ति स्वतन्त्रता विरुद्धका गतिविधिहरू बढिरहेका सन्दर्भमा सरकारले प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धता व्यवहारमै पुष्टि गरेर देखाउनु पर्ने पनि इन्सेकले उल्लेख गरेको छ । इन्सेकले भनेको छ- ‘नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको छ। संविधानले प्रत्याभूत गरेका हकहरू लोकतान्त्रिक शासन व्यवस्थाका आधार स्तम्भ हुन्। संविधान प्रदत्त अधिकार बरखिलाप हुने यस्ता कार्यहरूको हामी विरोध गर्दछौं। घटनाको सत्य तथ्य जानकारी गराउन भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितताको माग गर्दछौं ।’ The post स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
Latest NewsJust now

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको... ...

रातोपाटी
नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श
Latest NewsJust now

नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र देवकोटा-लु सुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-चीन द्विदेशीय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । ‘नेपाल-चीनबीचको सिर्जनात्मक सेतु’ विषयमा केन्द्रित गोष्ठीमा साहित्यले दुई देशका समाज, संस्कृति र मानव आत्मालाई जोड्ने साझा भाषा भएको वक्ताहरूले बताए । लु सुन कल्चर फाउण्डेशनका अध्यक्ष झाउ लिङफीले चिनियाँ साहित्यकार लु सुन र नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवै देशको आधुनिक साहित्यका महान् ...

हिमालय टाइम्स
एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
Latest NewsJust now

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा... ...

रातोपाटी
चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान
Latest NewsJust now

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

चितवन । चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play