स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा। स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो। यसैबिच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माणको शनिबार स्थलगत अवलोकन तथा अनुगमन गरेको छ। गत भदौ १० गते भोटेकोशीमा गएको बाढी कारण जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएको स्थानमा नयाँ बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माण सुरु भइसकेको छ। सो बेलिब्रिज जडान आगामी तिहारअघि नै सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसै घण्टा काम भइरहेको जनाइएको छ। यसैगरी, बाढीका कारण आवतजावतमा अवरोध पुगेको स्याफ्रुबेँसी–ब्रिद्विम जोड्ने फड्के पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्टे (स्टिल केबल–सामग्री) उपलब्ध गराएको छ। सामग्री उपलब्ध भएसँगै सो क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाउन फड्के पुलको काम पनि सँगसँगै अघि बढाइएको प्रशासनले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सरकारले चार वटा हिमतालको सतह घटाउने
काठमाडौँ । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी बेसिनमा पूर्व सूचना प्रणाली विस्तार गर्ने भएको छ । ऊर्जा मन्त्रालयले जल... ...

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि सरकारद्वारा श्वेतपत्र सार्वजनिक
काठमाडौं।सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै श्वेतपत्र सार्वजनिक गरेका हुन्। यसले नेपालको जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन पूर्वाधार, हवाई सुरक्षा र विपद् जोखिम न्यूनीकरणमा मार्गदर्शन गर्नेछ। सरकारले ६ वटा प्रमुख नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने र ...

सरकारी वेबसाइट किन बन्द भए ? कहिले खुल्छन् ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
पीएचपीमा कस्तो सुरक्षा जोखिम देखिएको हो ? यसले नेपालका सरकारी तथा वित्तीय सेवामा कस्तो असर पारेको छ ? सरकारी वेबसाइट कहिलेसम्म खुल्छन् ? यस्ता प्रश्नको जिज्ञासा हामीले ५ प्रश्नोत्तरमार्फत् मेटाउने प्रयास गरेका छौं ...

डिएनएको प्रतीक्षामा बित्यो दसैँ
ज्योति पन्थी बबई, कात्तिक ८ गते । गत भदौ १० गते रसुवाको बाढीमा परेर बेपत्ता भएका आफन्तको परिवारले यस वर्षको दसैँ डिएनए परीक्षणको रिपोर्ट पाउने आशामा बिताए । विभिन्न कामका लागि रसुव... ...


