स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

अमेरिकी अर्बपति इलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो । मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ । स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै उनले सम्झौता हुने निश्चित नभएको र टेस्लाका सेयरधनीको व्यापक समर्थन आवश्यक पर्ने उल्लेख गरे। स्पेसएक्सको आम्दानी १६१ प्रतिशतले बढेर १४ अर्ब ६० करोड डलर पुगेको छ । एआई सेवा र कम्प्युटिङ क्षमता भाडामा दिने सम्झौताले नाफा बढाउन योगदान पु¥याएको कम्पनीले जनाएको छ । एआई एकाइको आम्दानी नौ गुणा बढेर सात अर्ब ६० करोड डलर पुगेको छ । कम्पनीले एआई पूर्वाधार विस्तारमा ठूलो लगानी गरिरहेको छ । मस्कले सन् २०२७ मा थप १० गिगावाट कम्प्युटिङ क्षमता सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताउनुभएको छ । यसैबीच, स्टारलिङ्कको आम्दानी ६९ प्रतिशतले बढेर पाँच अर्ब २० करोड डलर पुगेको छ र ग्राहक सङ्ख्या एक करोड ३६ लाख पुगेको छ । स्पेसएक्सले मङ्गल अभियानका लागि महत्त्वपूर्ण मानिएको स्टारसिप रकेटबाट पहिलो आम्दानी दिने उडानसमेत पूरा गरेको छ । उक्त उडानबाट २६ वटा नयाँ पुस्ताका स्टारलिङ्क उपग्रह पृथ्वीको कक्षमा पु¥याइएको कम्पनीले जनाएको छ । रासस\एएफपी The post स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

ब्रह्माण्डमा जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम
ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ। तरल पदार्थको प्रवाहलाई प्रभावित गर्ने भौतिकशास्त्रका आधारभूत स्थिरताहरू पनि जीवनका लागि अनुकूल हुनुपर्ने वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। ब्रह्माण्डमा तारा चम्किने, ग्रह बन्ने र पानी अस्तित्वमा रहने अवस्था भए पनि तरल पदार्थ अत्यधिक बाक्लो भएर बग्न नसक्ने हो भने जीवित कोषिकाले काम गर्न नसक्ने अवस्था आउन ...

यस्तो छ यूरोपसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द हुनुको कारण
व्यापक रूपमा प्रयोग हुने एउटा प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि आफ्ना प्रणाली सुरक्षित गर्न वेबसाइट सञ्चालकहरू सक्रिय हुँदा बुधबार युरोप र अन्य क्षेत्रका सरकारी वेबसाइटहरू अफलाइन भएका छन्। पीएचपी प्रोग्रामिङ भाषाका विकासकर्ताहरूले मंगलबार दुईवटा गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएको बताएका थिए। उनीहरूले समस्या समाधान गर्ने अद्यावधिक संस्करण उपलब्ध हुनेबित्तिकै आफ्ना वेबसाइट अपडेट गर्न प्रयोगकर्ताहरूलाई आग्रह गरेका थिए। ह्याकरहरूले ती कमजोरीको फाइदा ...

‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित
मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ। नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँपछि ...


